डोइलाको सेरोफेरोमा जुम्लाको मनोसामाजिक अवस्था

जुम्लालगायत कर्णालीका गाउँघर र समाजमा श्रीमान्‌काे यातना र हिंसा सहन नसकेर मानसिक सन्तुलन गुमाउन पुगेका महिलाको अवस्था भयावह छ । उनीहरूमध्ये केहीका साथमा नाबालक छोरीहरू पनि हुन्छन् । कतिपयका छोरालाई परिवारले साथ दिएका हुन्छन् । तिनैका छोरी सन्तानहरू भने सडकमा भौँतारिँदै गरेकी आमासँगै अलपत्र पर्नुपर्ने अवस्था छ ।

डर र कहरको जहर पिउँदै घरमै सुत्केरी

सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था छ । घरमै सुत्केरी हुने चलनलाई शून्यमा झार्ने सरकारको नीति भए पनि जुम्ला जिल्लाका विकट ग्रामीण भेगका महिला घरमै जोखिम मोलेर सुत्केरी हुनुपर्ने अवस्थामा छन् । यसैले आमा […]

तोड्नै पर्ने श्रीमान्‌काे ज्यादती र माइतीको मौनता

दानसरा रावत २०८० वैशाख १९ गते घरबाट हराउनुभयो । त्यसको ११ दिनपछि तिला नदीमा उहाँको शव भेटियो । जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ६ पछाइबाडाकी २३ वर्षीया उहाँको मृत्यु रहस्यमय भएको भन्दै छानबिनका लागि आफन्तको तर्फबाट किटानी जाहेरी दिन खोजियो । स्थानीय सरकारको सुरक्षा अङ्गका रूपमा रहेको जिल्ला प्रहरी कार्यालयको प्रहरीले भने जाहेरी लिनै […]

धम्मु, रत्नकली र राजलक्ष्मीहरूको उद्यमशीलता

कर्णाली कथा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–३ डाँडाकोटकी धम्मु नेपालीलाई पहिले नुनतेल, बच्चाको कापीकलम किन्न सधैँ श्रीमान्‌को भर पर्नुपर्ने अवस्था थियो । २०७१ सालमा उनले आफ्नो नाममा पसल दर्ता गरी सिलाइकटाइको तालिम लिएर व्यवसाय सुरु गरिन् । अहिले उनी सिलाइकटाइ र फेन्सी पसलबाटै आफूले मासिक ६० देखि ७० लाख रुपैयाँसम्मको आम्दानी गर्दै आएको बताउँछिन् ।

महिलाको व्यक्तित्व विकासमा सहकारिता

कर्णाली कथा जुम्लाका महिलाको व्यक्तित्व विकासमा सहकारिताको महत्त्वपूर्ण स्थान रहेको छ । सहकारिताले जुम्लाका कतिपय महिलामा बचत गर्ने बानी बसेको छ । सहकारीले नै आफूमा आत्मविश्वास बढाएको र नेतृत्व तहमा पुर्‍याउन मद्दत गरेको ठान्ने महिलाहरू पनि छन् । तिनैमध्येमा पर्छन्, तिला गाउँपालिकाकी पूर्वउपाध्यक्ष विष्णुमाया बुढा, तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावल र तिला गाउँपालिका वडा नम्बर […]

पच्चीस वर्ष नपुग्दै सम्बन्ध विच्छेद

कर्णाली कथा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–८ डोंग्रीकी भगवती शाहीको २० वर्षको उमेरमा सम्बन्ध विच्छेद भयो । एसएलसी पास गर्नेबित्तिकै १६ वर्षको उमेरमा जुम्लाकै चन्दननाथ नगरपालिका–१० का आफूसँगै पढ्ने केटासँग उनले विवाह गरेकी थिइन् । तर, उनको वैवाहिक सम्बन्धले पाँच वर्ष पनि पार गर्न पाएन । मुलुकी अपराध संहिताले विवाह गर्न गराउन अनुमति दिएको २० वर्षे […]