काठमाडौँमा सङ्घर्ष र सफलताको कथा

– शर्मिला विश्वकर्मा एक्काइस वर्षअघि २०६० सालमा पोखराबाट पहिलो पटक काठमाडौँ आएँ । मेरो लागि काठमाडौँ बिल्कुलै नयाँ थियो । साउने सङ्क्रान्तिको दिनमा म पहिलो चोटि काठमाडौँको भृकुटीमण्डपमा रहेको अपाङ्ग सहायता कोष (हालको राष्ट्रिय अपाङ्ग काेष) मा पुगेँ । काठमाडौँ बाहिरबाट आएका अपाङ्गता भएका महिलाहरू निरु विक, राधिका श्रेष्ठ, मलगायत पाँच जनालाई कोषमै बस्ने व्यवस्था […]
जाजरकोट भूकम्पपछिको सञ्चारमा रेडियोकर्मी लीला

लीला पौडेल जाजरकोट जिल्लाको ‘रेडियो हाम्रो पाइला’ मा कार्यरत हुनुहुन्छ । २०६७ सालदेखि रेडियोमा आबद्ध उहाँ अहिले रेडियो स्टेशन मेनेजर हुनुहुन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, कात्तिक १७ गते शुक्रबार मध्यरातको भूकम्प र कात्तिक २० गतेको परकम्पमा परी जाजरकोट र रुकुममा १५७ जनाको मृत्यु भयो । मृत्यु हुनेमा महिला/बालिका बढी छन् […]
परिवर्तन चाहने महिलालाई समाजले रोक्न सक्दैन

– मनिका झा, नेपाल पत्रकार महासङ्घ, धनुषा जिल्ला अध्यक्ष मनिका झा झन्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । धनुषाको जनकपुरमा बसेर पत्रकारिता गर्ने उहाँ हाल काठमाडौँबाट प्रकाशित हुने ‘अन्नपूर्ण पोस्ट’ दैनिकको मधेस प्रदेश ब्यूरो प्रमुख हुनुहुन्छ । उहाँ २०७७ चैतमा भएको निर्वाचनबाट नेपाल पत्रकार महासङ्घ, धनुषा जिल्ला अध्यक्ष पनि हुनुहुन्छ ।
पत्रकारितामा महिला आउनभन्दा टिक्न गाह्रो – ज्ञानु श्रेष्ठ, पत्रकार

ज्ञानु श्रेष्ठ रामेछाप जिल्लामा बसेर ११ वर्षदेखि पत्रकारिता गर्दै आउनुभएको छ । सिन्धुलीबाट निस्किने ‘जनबोली सन्देश’ दैनिक पत्रिकामा २०६८ सालदेखि रामेछापबाट समाचार पठाउने कामबाट उहाँको पत्रकारिता सुरु भएको थियो ।
वनकरिया समुदाय आफ्नो खुट्टामा उभिने भएको छ– प्रताप विष्ट

हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘फोटो कथा’ शृङ्खला प्रकाशन गर्दै आएका छौँ । यो शृङ्खलाको उद्देश्य सकारात्मक परिवर्तनका लागि महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूका योगदानलाई सार्वजनिक गर्नु हो । यस कार्यमा पुरुषहरूको सहभागितालाई पनि स्थान दिइन्छ । यस शृङ्खलाअन्तर्गत आज जङ्गलमा बस्दै आएका लोपोन्मुख आदिवासी जनजाति वनकरियाको जङ्गल बसाइको दिनचर्या झल्किने गरी खिचिएको फोटोबारे पत्रकार प्रताप […]
‘हरेक महिलाले पहिला आफ्नो बारेमा साेच्न सके आफ्ना सपना र सिर्जनशीलता हराउन पाउँदैन’ -लक्ष्मी आचार्य, दाङ

दाङमा बसेर पत्रकारिता र सामाजिक अभियानमा दुई दशकभन्दा बढीदेखि क्रियाशील हुनुहुन्छ, लक्ष्मी आचार्य । पारिवारिक जिम्मेवारी सँगसँगै सामाजिक तथा पेशागत जिम्मेवारीमा खट्ने महिलाहरूले एकसाथ निर्वाह गर्दै आए जस्तै उहाँले पनि दोहोरो/तेहेरो जिम्मेवारी सम्हाल्दै पत्रकारिता तथा सामाजिक अभियानमा क्रियाशील हुनुहुन्छ । प्रस्तुत छ, सन्धानका तर्फबाट लक्ष्मी बस्नेतले गर्नुभएकाे संवादमा आधारित आचार्यकाे जीवन भोगाइ र कामको अनुभव […]