आन्तरिक बेचबिखनको जोखिममा महिला र किशोरी (भिडियो सहित)

सिन्धुपाल्चोक जिल्लामा लामो समयदेखि महिला तथा किशोरी बेचबिखन र महिला हिंसाविरुद्ध क्रियाशील महिलामध्येमा पर्ने एक जनाको नाम हो, जयन्ती खड्का । उहाँ तीन दशकअघि स्थापित गैरसरकारी संस्था ग्रामीण महिला सृजनशील परिवारको संस्थापक अध्यक्ष हुनुभयो । अहिले पनि आफू सोही संस्थाको अध्यक्ष भएको र महिला अधिकारका लागि क्रियाशील रहेको उहाँले बताउनुभयो ।