उत्तरदायी र जवाफदेही प्रतिनिधित्वको अभ्यासमा

सन्धान रिपोर्ट शृङ्खला ९ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा जारी ‘नेपालको संविधान’ ले नेपाललाई सङ्घीय मुलुकमा परिणत गर्दै तीन तहका सरकारको व्यवस्था गर्यो । राज्य संरचनाको यही परिवर्तनसँगै राज्यका माथिल्ला निकायदेखि स्थानीय पालिकासम्ममा समावेशी सिद्धान्तका कारण नेपाली महिलाको सहभागिता […]
सुँडेनी कामसँगै राजनीति पनि गरेँ (भिडियाे सहित)

पल्टीदेवी महरा, प्रदेश सभा सदस्य सात दशकअघिसम्म पनि नेपालका विभिन्न भागमा छोरीले विद्यालय जानु हुँदैन भन्ने सामाजिक मान्यता बलियो थियो । त्यही मान्यताले धेरै छोरीहरूलाई घरभित्रकै काममा र फरक संसारमा सीमित रहन बाध्य गरिदियो । छोरीहरूले जीवनको दौडमा छोराहरू सरह अघि बढ्न चाहेर पनि पाएनन् । अशिक्षाकै कारण छोरीमान्छेको जीवनभोगाइको संसार केही फरक र अलग […]
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह

जनकपुरमा विद्यार्थी आन्दोलनबाट सुरु भएको थियो, २०४६ सालको आन्दोलन । मेरो घर नजिकै सिडिओ कार्यालय थियो । त्यहाँ गोली हानाहान भएको थियो । सिडिओ कार्यालयबाटै गोली हान्दा पाठक थरका एक जना साधारण मान्छेको मृत्यु भएको थियो । म त्यतिबेला फ्याक्ट्रीमा काम गर्थें । ‘फ्याक्ट्री’ भन्नाले जनकपुर चुरोट कारखाना । हामी कर्मचारी भएकाले खुलेर राजनीति गर्न […]
यदुकुहा : २०४६ फागुन ९ गते तीन महिला मारिएका थिए (भिडियो कुराकानी)

अन्तर्राष्ट्रिय महिला सहिद दिवस (डिसेम्बर ६) पञ्चायती शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालमा देशव्यापी आन्दोलन भयो । फागुन ७ गतेदेखि काठमाडौँ उपत्यका लगायत बाहिरका जिल्लाहरूमा पनि कडा आन्दोलन भयो । धनुषाको यदुकुहामा त एकै ठाउँमा पाँच जना सहिद नै भए ।
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष जनआन्दोलन–२०४६ मा म जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा पढ्थेँ । त्यो बेला म नेविसंघको क्याम्पस इकाइ अध्यक्ष थिएँ । आन्दोलनमा क्याम्पसका विद्यार्थी परिचालनका दृष्टिले ममाथि महत्त्वपूर्ण जिम्मेवारी थियो । क्याम्पसको गतिविधिको प्रभाव जनकपुरमा मात्र सीमित थिएन । दोलखा, रामेछाप, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट, सिराहा, उदयपुर, सप्तरीलगायत विभिन्न जिल्लाबाट […]