२०४६ साल चैत २४ गते काठमाडौँको न्यूरोडमा फोटो खिच्दै कियोको ओगुरा

२०४६ सालको ऐतिहासिक जनआन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने क्रममा २०४६ चैत २४ गते एकजना विदेशी नागरिकले आन्दोलनको तस्विर खिच्दै गर्दाको तस्विर प्रकाशन गरेका छौँ । काठमाडौँको न्यूरोडमा फोटो खिच्दै गर्नुभएकी कियोको ओगुरा त्यो बेला जापानबाट आउनुभएको थियो । उहाँले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको बारेमा पुस्तक पनि लेख्नुभएको छ ।
२०४६ सालको जनआन्दोलनमा नारा लगाउँदै तीन महिला

पञ्चायती शासन व्यवस्था विरुद्ध २०४६ सालको ऐतिहासिक जनआन्दोलन भएको ३२ वर्ष पुगेको छ । महिला दृष्टिकोणबाट सो आन्दोलनलाई स्मरण गर्ने क्रममा काठमाडौँको न्यूरोडमा पञ्चायत विरोधी नारा लगाउँदै दौडिरहेका दायाँबाट तीन विद्यार्थी महिलाहरु ।
२०४६ सालको जनआन्दोलनमा घरेलु हतियार सहित सहभागी महिलाहरु

पञ्चायती शासन व्यवस्था विरुद्ध २०४६ सालको ऐतिहासिक जनआन्दोलन भएको ३२ वर्ष पुगेको छ । महिला दृष्टिकोणबाट सो आन्दोलनलाई स्मरण गर्ने क्रममा २०४६ चैत्र २२ गते ललितपुरको पुल्चोकबाट महिलाहरु घरेलु हतियार बोकेर आन्दोलनमा सहभागी भएको तस्विर साभार गरेका छौँ ।