मतदाताको मतलाई कदर गर्ने गरी नेतृत्व शैली अपनाएँ

सन्धान संवाद शृङ्खला -१ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने एउटा नाम हो, कान्तिका सेजुवाल । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ६ स्थित जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो । २०७४ फागुन १२ मा कर्णाली प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका […]
महिला पुस्तक प्रदर्शनी र पारिजात

झन्डै चार दशकअघि साहित्यकार पारिजातको संयोजनमा काठमाडौँमा महिला पुस्तक प्रदर्शनी भएको थियो । २०८१ वैशाखको पूर्वार्धमा फेरि ‘मैले चिनेको पारिजात’ अन्तरसंवाद शृङ्खला सहित महिला पुस्तक प्रदर्शनीको आयोजना गरियो । पारिजात स्मृति केन्द्र र फिनिक्स बुक्सको आयोजनामा काठमाडौँमा भएको पाँचदिने सो प्रदर्शनीमा महिला लेखन र सरोकार लगायतका विषयमा छलफल पनि भयो ।
आदिवासी जनजातिमा महिलाकै निर्णय बढी चल्छ – शोभा सुनुवार

शोभा सुनुवार आदिवासी जनजाति महिलाहरूको हकअधिकारका लागि दुई दशकभन्दा अघिदेखि काम गर्दै आउनुभएको छ । उहाँ अहिले राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको केन्द्रीय महासचिवका साथै २०५६ सालमा स्थापित सुनुवार सेवा महिला समाजको अध्यक्ष हुनुहुन्छ । सुनुवार सेवा समाज सङ्घीय समितिको उपाध्यक्षसमेत रहेकी उहाँ आदिवासी जनजाति, त्यसमा पनि सुनुवार जातिको अस्तित्व, पहिचान र अधिकारका लागि क्रियाशील […]
वन जोगाउन महिलाको भूमिका महत्त्वपूर्ण – भारती पाठक

भारती पाठक सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालको पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ । सामुदायिक वनको अभियानमा महिलाको सहभागिता, योगदान र नेतृत्व देखेर उहाँ सामुदायिक वनको अभियानमा लाग्नुभयो । मकवानपुरमा जन्मेकी उहाँ आफ्नो जिल्ला महिला तथा बालिका बेचबिखन प्रभावित भएका कारण विद्यार्थीकालदेखि नै महिला अधिकारका क्षेत्रमा काम गरेको स्मरण गर्नुहुन्छ ।
‘२८ वर्ष अगाडि किताब निकालेँ तर डरले लुकाएर राखेँ’ –सीमा खान

‘ऐतिहासिक कथा शृंखला’ हामीले सन्धान वेब पोर्टलमा ‘ऐतिहासिक कथा’ श्रृंखला सुरु गरेका छौँ । यो श्रृंखलाको उद्देश्य परिवर्तनका लागि विगतमा महिलाहरुले गरेका प्रयास, आन्दोलन र उनीहरुको योगदानलाई सन्धान वेब पोर्टलमार्फत पुनः स्मरण गर्नु र गराउनु हो ।