इन्द्रजात्राको अन्तिम दिनमा महिलाले यसरी ताने रथ (फोटोफिचर)

काठमाडौंमा सप्ताहव्यापी रुपमा मनाइने इन्द्रजात्रा महिलाले रथयात्रा गरेका छन् । इन्द्रोत्सवको आठौँ तथा अन्तिम दिन हिजो (बुधबार) महिलाहरुकै नेतृत्व र सहभागितामा रथ तान्ने (नानीचा याः) मनाइएको हो । रथयात्रामा कुमारीको रथ तान्नका लागि तीन सय जना, भैरव र गणेश रथयात्राका लागि एक एकसय गरी जम्मा पाँचसय महिलाहरुले रथयात्रा निकालेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ । […]

महिला शक्ति प्रदर्शन हो इन्द्रजात्रा –डा. चुन्दा बज्राचार्य (भिडियो सहित)

काठमाडौँ उपत्यकामा यतिबेला महत्त्वपूर्ण पर्वका रूपमा मानिने इन्द्रजात्रा चलिरहेको छ । भदौ २२ गते हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्ति अगाडि विधिवत लिङ्गो ठड्याइएसँगै यस वर्षको इन्द्रजात्रा सप्ताह सुरु भएको छ । यो उपत्यकाको एउटा लामो जात्रा पनि हो । यसलाई इन्द्रोत्सव पनि भनिन्छ । यसको प्रमुख आकर्षण रथयात्रालाई मानिन्छ ।