आदिवासी महिलाका ऐतिहासिक भूमिका र आन्दोलन

नेपालका महिलावादी आन्दोलनमध्येको एक तर ‘विशिष्ट’ प्रकृतियुक्त आन्दोलन हो– आदिवासी जनजाति महिला आन्दोलन । आन्दोलित समुदायको पृथक् पृष्ठभूमि एवं मौलिक ऐतिहासिक पहिचान र जीवनदर्शनले उनीहरूको आन्दोलनलाई ‘विशिष्टता’ प्रदान गरेको हो । आन्दोलित आदिवासी जनजाति समुदाय स्वयंले उक्त विशिष्टपनलाई ‘आदिवासीपन’ भन्ने गरेका छन् । यही ‘आदिवासीयपन’ लाई प्रधान मानेर उनीहरूले आफ्ना सवाल, समस्या र सरोकारका बहुआयामिक […]
स्वरोजगार बन्न खोज्दैछन् हायु महिलाहरू (भिडियो सहित)

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि नेपालमा लोपोन्मुख जातिका केही महिलाहरू पनि जनप्रतिनिधि भए । २०७४ सालमा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा जमुना हायु जनप्रतिनिधि हुनुभएको थियो । उहाँ रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ मा रहेको वादी भन्ने ठाउँकी बासिन्दा हुनुहुन्छ । वडा नम्बर ८ मै नेपाली कांग्रेसकाे तर्फबाट उम्मेदवार भई वडा सदस्यमा […]
आदिवासी जनजातिमा महिलाकै निर्णय बढी चल्छ – शोभा सुनुवार

शोभा सुनुवार आदिवासी जनजाति महिलाहरूको हकअधिकारका लागि दुई दशकभन्दा अघिदेखि काम गर्दै आउनुभएको छ । उहाँ अहिले राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको केन्द्रीय महासचिवका साथै २०५६ सालमा स्थापित सुनुवार सेवा महिला समाजको अध्यक्ष हुनुहुन्छ । सुनुवार सेवा समाज सङ्घीय समितिको उपाध्यक्षसमेत रहेकी उहाँ आदिवासी जनजाति, त्यसमा पनि सुनुवार जातिको अस्तित्व, पहिचान र अधिकारका लागि क्रियाशील […]
आदिवासीका अधिकारबारे युवालाई बुझाउन जरुरी (भिडियो सहित) – ङिमी शेर्पा

ङिमी शेर्पा राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) को अध्यक्ष हुनुहुन्छ । अध्यक्ष हुनुअघि उहाँ शेर्पा महिला सङ्घको नेतृत्वकर्ताको रूपमा महासङ्घमा आबद्ध हुनुहुन्थ्यो । निफको स्थापना २०५५ साल वैशाख २ गते भएको थियो । ङिमीका अनुसार, यशोकान्ति भट्टचन (गौचन), स्टेला तामाङ, हेमा पुन, मीरा घले गुरुङ र चुन्दा बज्राचार्यको उपस्थितिमा लेखिएको पहिलो माइन्युट अनुसार आदिवासी […]
बहुल पहिचानमा राज्यको समबुझाइ र समभाव हुनुपर्छ – प्रतिमा गुरुङ (भिडियो कुराकानी)

प्रतिमा गुरुङ अपाङ्गता भएका आदिवासी जनजाति महिलाहरूको अधिकारका लागि काम गर्नुहुन्छ । उहाँ राष्ट्रिय आदिवासी अपाङ्ग महिला सङ्घ नेपाल (निडवान नेपाल) को अध्यक्ष हुनाका साथै अपाङ्गता भएका आदिवासी जनजातिहरूको ग्लोबल नेटवर्कमा आबद्ध हुनुहुन्छ । उहाँले अपाङ्गता भएका महिलाहरूलाई घरपरिवार भित्रैबाट हुने हिंसा र विभेदसम्बन्धी अनुसन्धान गर्नुभएको छ ।