अझै गर्न बाँकी छ

‘सुनिता फाउन्डेसन’ की संस्थापक अध्यक्ष सुनिता दनुवारको आकस्मिक मृत्युको खबरले पुसको दोस्रो साता मानव तथा महिला अधिकारकर्मीहरूलाई स्तम्भित बनायो । उहाँले मानव बेचबिखनमा पनि सबैभन्दा विभेदित वर्ग महिला, बालिका र किशोरीहरूको बेचबिखनका विरुद्ध अभियन्ताका रूपमा काम गर्नुभएको थियो । बेचबिखनमा परेर विभिन्न खालका हिंसासमेत भोगेर स्वदेश फर्किएका महिलामध्येकी एक सुनिताले सन् २००० मा शक्ति समूह […]
आन्तरिक बेचबिखनको जोखिममा महिला र किशोरी (भिडियो सहित)

सिन्धुपाल्चोक जिल्लामा लामो समयदेखि महिला तथा किशोरी बेचबिखन र महिला हिंसाविरुद्ध क्रियाशील महिलामध्येमा पर्ने एक जनाको नाम हो, जयन्ती खड्का । उहाँ तीन दशकअघि स्थापित गैरसरकारी संस्था ग्रामीण महिला सृजनशील परिवारको संस्थापक अध्यक्ष हुनुभयो । अहिले पनि आफू सोही संस्थाको अध्यक्ष भएको र महिला अधिकारका लागि क्रियाशील रहेको उहाँले बताउनुभयो ।