हिंसा गर्नेका विरुद्ध लड्न सक्ने भएर अगाडि निस्किनुपर्ने

‘हनी’ नामले आफूलाई चिनाउन चाहने दिपक महर्जन तेस्रोलिङ्गी महिला हुनुहुन्छ । सिमेन्ट कलको कुर्तामा हरियो ब्लेजरको कोट लगाउनु भएको छ । टाउकोमा फुल सिउरिनु भएको छ भने कालो फ्रेम भएको चश्मा लगाएर बेतमा बस्नु भएको छ । यो ब्यानर फोटोमा उहाँको भनाइलाई हातेकाजको पृष्ठभुमिमा लेखिएको छ ।

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान ‘हनी’ नामले आफूलाई चिनाउन चाहने दिपक महर्जन तेस्रोलिङ्गी महिला हुनुहुन्छ । उहाँ सभ्य समाज नेपालका संस्थापक र सचिव हुनुहुन्छ । उहाँका अनुसार, सो संस्था लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभिभावक मिलेर खोलिएको हो । हनी (दिपक) ले सभ्य समाज नेपालको सचिवको जिम्मेवारी सम्हाल्दै गर्दा नगरप्रमुख पदको लागि उपनिर्वाचनमा उम्मेदवारी […]