श्रीमान्सँग नबोलेको त्यो दिन

पुस्तक साभार शृङ्खला- ३ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही पुस्तकमा रहेका २२ कथामध्येबाट एउटालाई साभार गरी ‘सन्धान’ ले हरेक शुक्रबार प्रकाशन प्रसारण गर्ने गरेको छ । पुस्तकमा सशस्त्र द्वन्द्वको समयमा महिला र बालिकाले भोगेका तर शान्ति प्रक्रियामा खुलेर आउन […]
परिवर्तन आफैँबाट सुरु गर्दै अघि बढेँ

मेरी माइली दिदी पूर्णा जोशी र मैले एकै वर्ष एसएलसी पास गर्यौँ। २०४४ सालमा तत्कालीन कैलपालमान्डु गाविसमा एसएलसी पास गर्ने छात्रा हामी दुई जना मात्र थियौँ । दुवै दिदीबहिनी पास भएको भन्ने जानकारी हुलाकबाट आएको चिठी हेरेपछि मात्र थाहा पाएका थियौँ । हुलाकबाट चिठी आउँथ्यो त्यति बेला । टेलिफोन सहज थिएन । सार्वजनिक टेलिफोन सेवा […]
सामुदायिक वनमा महिला सहभागिता : नेतृत्व र भूमिका

नेपालको सामुदायिक वन व्यवस्थापन अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय एवं सफल वन व्यवस्थापन पद्धतिको रूपमा स्थापित छ । यसले स्थानीय महिलामा आत्मविश्वास जगाउन, उनीहरूको क्षमता वृद्धि गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि सघाएको छ । सामुदायिक वन व्यवस्थापनमा सक्रिय भएका केही महिला स्थानीय मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि सक्रिय देखिएका छन् ।
स्थानीय निर्वाचनका सात दशक : महिला सहभागिताको इतिहास

नेपाली महिलाहरूले उम्मेदवार बन्ने र मताधिकार प्रयोग गर्ने पहिलो अवसर २०१० सालको स्थानीय निर्वाचनमा प्राप्त गरेका हुन् । त्यसयताका सात दशकमा स्थानीय निर्वाचनमा महिला सहभागिताको इतिहास देशको राजनीतिक उतारचढाव र परिवर्तनसँग प्रत्यक्ष जोडिएको जल्दोबल्दो मुद्दा हो । जनप्रतिनिधित्वमा महिला सहभागिताको मुद्दा प्रजातान्त्रिक प्रणालीमा अत्यन्तै महत्त्वपूर्ण हुन्छ । यस्तो भइकन पनि नेपालको सन्दर्भमा फरक प्रयोग हुँदै […]
गोर्खा सैनिक श्रीमतीको कथा बोल्ने चित्रकला प्रदर्शनी

‘गोर्खाली महिला’ नामक पाँचदिने एकल चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहल काठमाडौँमा सम्पन्न भयो । यही मङ्सिर ९ गते सुरु भएको प्रदर्शनी १३ गते सम्पन्न भएको हो ।
उद्यमशीलताले बढाउँदो रहेछ आत्मविश्वास (भिडियो सहित)

ललितपुर महानगरपालिकामा महानगरस्तरीय ‘उद्यमी महिला सञ्जाल’ गठन गरिएको छ । हालै गठन गरिएको उक्त सञ्जालमा विभिन्न उद्यममा लागेका स्थानीय महिलाहरूको सहभागिता छ ।
अनि श्रम शोषण र हिंसाविरुद्ध बोल्न थालेँ : – यशोदा केसी

आठ, नौ वर्षको उमेरमै यसोदा केसीले गीत गाउन सुरु गर्नुभयो । विद्यालयको शुक्रवारे प्रतियोगिताहरूमा भाग लिएर प्रथम भएपछि त उहाँले मेला–महोत्सवमा पनि गाउने अवसर पाउन थाल्नुभयो । उहाँले गीत गाएको कुरा परिवारलाई भने मन परेको थिएन । गाउँघरमा गीत गाएर हिँड्नेहरूका बारेमा नकारात्मक टिप्पणी गरिन्थ्यो । उहाँले परिवारको गाली खाएरै भए पनि गीत गाउन छोड्नुभएन […]
मलाई मेरो परिवारको पूरा साथ छ –सकिना तेली

सकिना तेली विगत १२ वर्षदेखि ‘नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र’ नामक संस्थामा रहेर अधिकारका क्षेत्रमा काम गरिरहनु भएको छ । उहाँ मुस्लिम समाजको सचिवालय संस्था मानिएको ‘राष्ट्रिय महिला अधिकार मञ्च नेपाल’ मा बाँके जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।