मादलकै भरमा कल्मी परिवार

वादी समुदायको पुर्ख्यौली पेसा मादल बनाउने र माछा मार्ने हो । त्यो काम पनि पुरुषहरूले बढी गर्ने गर्थे । पछिल्ला वर्षहरूमा पेसाको दायरा फराकिलो हुँदै गएको छ । मादल बनाउने काम पातलिँदै गएको छ । वादी समुदायका मानिसहरू अन्य व्यवसाय तथा जागिरमा लाग्न थालेका छन् । केहीले विदेश गएर पनि जीविकोपार्जन गर्ने गरेको वादी अगुवाहरूको […]
घरमै महिला हिंसाको चट्याङ, सदरमुकाममा झिल्का

घरभित्रको हिंसाले जुम्लाका गाउँमा महिला र बालबालिकालाई घरै छाड्न विवश पारेको छ । नाबालिग सन्तानसहित अर्काको घरमा आश्रय लिँदै न्याय खोजिरहेका केही महिलाहरू सदरमुकाम खलङ्गामा भेटिन्छन् । उनीहरू निकालिएको घर खोज्दै गाउँ पस्दा थाहा हुन्छ, जुम्लाका गाउँमा अहिले पनि हिंसामुक्त घर भेट्टाउन गाह्रो छ । त्यसो त डेढ दशकयता देशमा व्यवस्था फेरिएर राजधानीदेखि गाउँका सबै […]
कहिले लुक्दै र कहिले बहाना बनाउँदै मनाइन्थ्यो ८ मार्च –जया घिमिरे र संजिता घिमिरे

सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) आज ८ मार्च अर्थात् ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्वमा ८ मार्च मनाउन थालिएको इतिहास लामो छ । सन् १९०६ मा अमेरिकामा महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यो सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी हुनुभयो । त्यसपछि उहाँकै […]
इन्द्रमायाको सयवर्षे अनुभव : विश्वयुद्धमा सुत्केरी अवस्थामै खाडल खनेर बच्चासँगै लुकेँ (भिडियो कुराकानी)

ललितपुरको नख्खुस्थित घरको दोस्रो तला । कोठाका झ्यालबाट बिहान उदाएदेखि बेलुकी अस्ताएसम्मकै घाम ओछ्यानमा लागिरहन्छ । सुत्ने खाटको भित्तापट्टि ५/६ वटा बट्टा । तीमध्ये कुनैमा ल्वाङ, कुनैमा सुकुमेल छन् भने कुनैमा दालचिनी र पानमसला राखिएका छन् । सिरानीको छेउमै सानो घण्टी छ । केही परेर कसैलाई बोलाउनुपर्यो भने चाहिन्छ भनेर राखिएको घण्टी हो त्यो । […]
जीवनभर रहन्छ जलेको पीडा (भिडियो अन्तर्वार्ता) – राधा श्रेष्ठ

साँझको बेला । २०६२ फागुन २ गते । राधा श्रेष्ठ र उहाँकी आमाले खाना खाइसक्नुभएको थियो र सँगै बसिरहनुभएको थियो । राधाले एक्कासी ग्यासको गन्ध चाल पाउनुभयो । आमाले खाना पकाएपछि ग्यास बन्द गर्न बिर्सिएको पो हो कि भन्ने सोचेर राधा भान्सा कोठातिर जानुभयो । नभन्दै ग्यास बन्द गरिएको रहेन छ । राधाले ग्यास बन्द […]
एचआइभीविरुद्धकी ‘फाइटर’ – मथुरा

सन्दर्भ : विश्व एड्स दिवस (डिसेम्बर १) वि.सं. २०५३ साउनको पहिलो साता । कतिबेला पानी पर्छ, घाम लाग्छ वा बादल, ठेगान छैन मौसमको । पहाडका घर ! छाना जतिसुकै बाक्लो र बलियो भनिए पनि बर्षातमा पानी कतै न कतैबाट चुहिहाल्ने । आकाशमा बादल धुम्म हुनासाथ कहाँनेर चुहिन्छ, थाप्ने भाँडोको जोहो गर्नैपर्ने । त्यसमा पनि त्यतिबेलाको […]