स्वरोजगार बन्न खोज्दैछन् हायु महिलाहरू (भिडियो सहित)

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि नेपालमा लोपोन्मुख जातिका केही महिलाहरू पनि जनप्रतिनिधि भए । २०७४ सालमा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा जमुना हायु जनप्रतिनिधि हुनुभएको थियो । उहाँ रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ मा रहेको वादी भन्ने ठाउँकी बासिन्दा हुनुहुन्छ । वडा नम्बर ८ मै नेपाली कांग्रेसकाे तर्फबाट उम्मेदवार भई वडा सदस्यमा […]

छोरीछोरा दुवैलाई अंश दिन्छु भनेर उबेलै बोलेँ र दिएँ –दुइजे हायु

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ वादीका स्थायी बासिन्दा हुनुहुन्छ, दुइजे हायु । १९९१ सालमा जन्मिएका उहाँ ९० वर्ष पुग्न लाग्नुभयो । बस्तीका विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्दा थाहा भयो, छोरीहरूलाई अंश दिने व्यक्तिको रूपमा चिनिनुहुँदो रहेछ, दुइजे हायु ।

हायुको पहिचान र महिला अधिकारका लागि काम गरिरहेको छु – कुमारी हायु (भिडियो सहित)

नेपालका १० लोपोन्मुख जातिमध्ये हायु एक हो । राष्ट्रिय जनगणना २०६८ मा हायु्हरूको जनसङ्ख्या दुई हजार ९२५ रहेको उल्लेख छ । उनीहरूको बसोबास सबैभन्दा बढी सिन्धुलीमा र त्यसपछि रामेछापमा रहेको पाइन्छ ।

सकुन्जेल स्वयंसेविका भइरहन पाए हुन्थ्यो जस्तो लाग्छ – कृष्णदेवी हायु (भिडियो सहित)

सन्दर्भ : अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस (डिसेम्बर ५) कृष्णदेवी हायु रामेछाप नगरपालिका वडा नम्बर ८ को महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ । रामेछाप जिल्लाकी उहाँ स्वयंसेविका हुनुभएको २७ वर्ष भयो । २०५२ सालमा गाउँमा महिला स्वास्थ्य स्वयंसेविका बन्न चाहने महिलाको खोजी भयो । इच्छुक कोही भेटिएनन् ।