घरैमा गलैँचा बुनेर कमाइ गर्छन् महिला

उषा तामाङ गलैँचा उद्यमीसँगै प्रशिक्षक पनि हुनुहुन्छ । उहाँको घर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा पर्छ । उहाँले २०६५ सालमा गलैँचा बुन्ने तालिम लिनुभयो । सो तालिम देशको राजधानी काठमाडौँमा सञ्चालित थियो ।
परालमा सिप जोडेर आयआर्जन गर्दै महिला (फोटो फिचर)

सानागाउँका हरेक चोक र गल्लीमा महिलाहरू अहिले जाडो यामको घाम ताप्दै सुकुल बुनिरहेका भेटिन्छन् । ललितपुर जिल्लाको महाङ्काल नगरपालिका वडा नम्बर ६ मा रहेको यस गाउँका महिलाले परालको सुकुल मात्र होइन, चकटी, जुत्ता, मुढा आदि पनि बुन्ने गर्छन् । यो उनीहरूको पहिचान झल्काउने परम्परागत सिपमूलक पेसा हो । यसैलाई प्रयोग गरेर सानागाउँका कतिपय महिलाले आयआर्जन […]
महिलाहरूले चलाएको सहकारी बन्यो जिल्लाकै उत्कृष्ट (भिडियो सहित)

अप्नाकुमारी श्रेष्ठ नेपालमा कतिपय महिलाहरू समूहमा आबद्ध हुँदै सहकारी चलाएर आत्मनिर्भर पनि बन्ने गरेका छन् । रामेछाप बजार र आसपासका गाउँका महिलाहरूले पनि यसै गरेको पाइन्छ । उनीहरूले २०५७ सालमा समूह गठन गरेर निश्चित रकम बचत पनि गर्ने निर्णय गरे । उतिबेला आम्दानीको स्रोत नभए पनि समूहमा आबद्ध भएर महिलाहरूले बचत गर्न थालेका रहेछन् । […]
उद्यमशीलताले बढाउँदो रहेछ आत्मविश्वास (भिडियो सहित)

ललितपुर महानगरपालिकामा महानगरस्तरीय ‘उद्यमी महिला सञ्जाल’ गठन गरिएको छ । हालै गठन गरिएको उक्त सञ्जालमा विभिन्न उद्यममा लागेका स्थानीय महिलाहरूको सहभागिता छ ।
महिला उद्यमी व्यापार मेला सम्पन्न (फोटो फिचर)

‘छैठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७९’ आज (सोमबार) सम्पन्न हुँदैछ । ललितपुरमा आयोजित मेला महिला उद्यमी महासंघ नेपालको आयोजनामा भएको हो ।