आफ्नै बलबुतामा पुर्ख्यौली पेसा गर्ने छोरी

– पार्वती वादी दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ नयाँबस्तीमा पार्वती वादीको घर छ । १७ वर्ष अघिदेखि मादल बनाउँदै आउनुभएकी पार्वती अहिले त्यही घरमै मादल बनाउने पेसा गर्नुहुन्छ । पछिल्लो समय उहाँले चाहना गर्नेहरूको घरमा गएर मादल बनाउन सिकाउने काम पनि गर्दै आउनुभएको छ ।