आफ्नै बलबुतामा पुर्ख्यौली पेसा गर्ने छोरी

– पार्वती वादी दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ नयाँबस्तीमा पार्वती वादीको घर छ । १७ वर्ष अघिदेखि मादल बनाउँदै आउनुभएकी पार्वती अहिले त्यही घरमै मादल बनाउने पेसा गर्नुहुन्छ । पछिल्लो समय उहाँले चाहना गर्नेहरूको घरमा गएर मादल बनाउन सिकाउने काम पनि गर्दै आउनुभएको छ ।
मादलकै भरमा कल्मी परिवार

वादी समुदायको पुर्ख्यौली पेसा मादल बनाउने र माछा मार्ने हो । त्यो काम पनि पुरुषहरूले बढी गर्ने गर्थे । पछिल्ला वर्षहरूमा पेसाको दायरा फराकिलो हुँदै गएको छ । मादल बनाउने काम पातलिँदै गएको छ । वादी समुदायका मानिसहरू अन्य व्यवसाय तथा जागिरमा लाग्न थालेका छन् । केहीले विदेश गएर पनि जीविकोपार्जन गर्ने गरेको वादी अगुवाहरूको […]