हामीलाई दिइएका अधिकारले मात्रै नपुग्ने अनुभव भयो

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको गीताकुमारी गुरुङले निलो कुर्तामा कलेजी स्टकोट लगाउनु भएको छ । गलामा बिभिन्न फुलको माला लगाउनु भएको छ । निधारमा अबिरको टिका छ । उहाँ बिजयी मुद्राका सम्बोधन गरिरहनु भएको देखिन्छ ।

सन्धान संवाद शृङ्खला ११ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, गीताकुमारी गुरुङ । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ३ स्थित चितवन जिल्लाको इच्छाकामना गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७६ पुस १६ मा बागमती प्रदेश नाम राखिएको उक्त प्रदेशबाट गाउँपालिका अध्यक्षमा […]