गिडिदह भ्रमण : महिलाविरुद्धको अन्धविश्वास तोड्ने प्रयास

जुम्ला जिल्लाको तातोपानी गाउँपालिकास्थित गिडिखोलाको पूर्वमा रहेको मनोरम प्राकृतिक तालको नाम हो, गिडिदह । २०४९ सालमा हराएको घोडा खोज्न जाँदा त्यो दह पत्ता लागेको भन्ने भनाइ चलनचल्तीमा छ । पत्ता लागेको भनिएको ३० वर्षसम्म यस दहमा महिला जान हुँदैन भन्ने अन्धविश्वास हावी भयो । यसैले बाहिरबाट त्यहाँ कोही पनि महिला पुगेनन् । पुग्न पाएनन् । […]