महिलावादी आन्दोलनले यौनिक तथा लैङ्गिक समुदायको मुद्दा उठाएको भनेको ‘टोकनिज्म’ मै सीमित छ । –गौरी नेपाली

महिलावाद–संवाद शृङ्खला ४ । महिलावाद–संवाद शृङ्खला किन ? विश्वमा १८औँ शताब्दीमा प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने व्यक्तिगत तह वा ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रमसम्म मात्रै सीमित छ। अझ महिलावाद र महिलावादी भन्नेबित्तिकै अहिले पनि आमरूपमा नकारात्मक दृष्टिले नै हेरिन्छ ।