मेचेहरूमा अहिले धेरै परिवर्तन आएको छ (भिडियो सहित)

– आङश्री मेचे झापाको मेचीनगरस्थित चारआलीमा २०२२ सालमा आङश्री मेचेको जन्म भयो । त्यसको चार वर्षमा उहाँको आमा बित्नुभयो । उहाँको बुबाले अर्को बिहे गर्नुभयो । उहाँको बाल्यकाल भाइहरूको हेरचाह गर्दै बित्यो । १४ वर्षमा त बिहे नै भयो ।

मेचेको अवस्थामा परिवर्तन आइरहेको छ (भिडियो सहित) – कुमारी मेचे

नेपालका १० वटा लोपोन्मुख जातिमध्ये एक मेचे पनि हो । मेचे जातीय समुदायको बसोबास झापा जिल्लाको विभिन्न स्थानमा छ । २०७८ सालको जनगणना अनुसार मेचेको जनसङ्ख्या पाँच हजार १९३ छ । लोपोन्मुख जातिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । यसले मेचे समुदायका लागि शिक्षा र स्वास्थ्यमा राहत पुगेको भनाइ मेचे समुदायका अगुवाहरूको छ […]

छोरीछोरा दुवैलाई अंश दिन्छु भनेर उबेलै बोलेँ र दिएँ –दुइजे हायु

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ वादीका स्थायी बासिन्दा हुनुहुन्छ, दुइजे हायु । १९९१ सालमा जन्मिएका उहाँ ९० वर्ष पुग्न लाग्नुभयो । बस्तीका विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्दा थाहा भयो, छोरीहरूलाई अंश दिने व्यक्तिको रूपमा चिनिनुहुँदो रहेछ, दुइजे हायु ।

हायुको पहिचान र महिला अधिकारका लागि काम गरिरहेको छु – कुमारी हायु (भिडियो सहित)

नेपालका १० लोपोन्मुख जातिमध्ये हायु एक हो । राष्ट्रिय जनगणना २०६८ मा हायु्हरूको जनसङ्ख्या दुई हजार ९२५ रहेको उल्लेख छ । उनीहरूको बसोबास सबैभन्दा बढी सिन्धुलीमा र त्यसपछि रामेछापमा रहेको पाइन्छ ।

सकुन्जेल स्वयंसेविका भइरहन पाए हुन्थ्यो जस्तो लाग्छ – कृष्णदेवी हायु (भिडियो सहित)

सन्दर्भ : अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस (डिसेम्बर ५) कृष्णदेवी हायु रामेछाप नगरपालिका वडा नम्बर ८ को महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ । रामेछाप जिल्लाकी उहाँ स्वयंसेविका हुनुभएको २७ वर्ष भयो । २०५२ सालमा गाउँमा महिला स्वास्थ्य स्वयंसेविका बन्न चाहने महिलाको खोजी भयो । इच्छुक कोही भेटिएनन् ।

न आफ्नो नाममा जमिन छ, न बन्दिलो घर छ –सुकमाया प्रजा (भिडियो सहित)

सुकमाया प्रजा (चेपाङ) मकवानपुरको हाँडीखोला गाउँपालिका वडा नम्बर ४ मा बस्नुहुन्छ । बाढीपीडित भएका कारण उहाँ आफ्नो पुरानो थातथलो छोडेर २०७४ सालदेखि त्यहाँ बस्नुभएको हो । सो ठाउँमा सुकमाया जस्तै सयभन्दा बढी चेपाङ परिवारको बस्ती छ । उनीहरू स–साना छाप्रा बनाएर बसेका छन् ।

वनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’

संसारमा इतिहास बलियाको मात्र लेख्ने गरियो । हेपिएका, पछाडि पारिएका, कमजोर र पराजित भएकाहरूको इतिहास खोज्न र लेख्न बाँकी छ । पछाडि पारिएका सबै जातजाति र समुदायको उत्पत्ति, विकास र जीवन पद्धतिका बारेमा यथोचित खोजतलास र विधिवत् अनुसन्धान गर्नै बाँकी छ । उनीहरूलाई बलिया जाति एवं शासकहरूले नै दपेटेर लोपोन्मुख पार्दै लोप बनाउने गर्छन् ।

बिहे गर्दिएको भन्ने थाहा पाइनँ, भोलिपल्टै भागेर आमा भएको ठाउँमा आएँ (भिडियो सहित)

मकवानपुरको हाँडीखोला गाउँपालिका वडा नम्बर ४ स्थित लोपोन्मुख वनकरिया समुदायका मानिसहरू अझै पनि स्थायी बसोबासका लागि लडाइँ गरिरहेका छन् । करिब दुई दशकअघि जङ्गलको फिरन्ते जीवनशैली त्यागेर एकै स्थानमा बसोबास गर्न सुरु गरेका यी वनकरियाहरूले अझै पनि स्थायी बसोबास गर्न पाएका छैनन् । सरकारले स्थायी बसोबासको बन्दोबस्त मिलाइदिए हुन्थ्यो भन्ने आशा उनीहरूको छ ।

वनकरिया समुदाय आफ्नो खुट्टामा उभिने भएको छ– प्रताप विष्ट

हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘फोटो कथा’ शृङ्खला प्रकाशन गर्दै आएका छौँ । यो शृङ्खलाको उद्देश्य सकारात्मक परिवर्तनका लागि महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूका योगदानलाई सार्वजनिक गर्नु हो । यस कार्यमा पुरुषहरूको सहभागितालाई पनि स्थान दिइन्छ । यस शृङ्खलाअन्तर्गत आज जङ्गलमा बस्दै आएका लोपोन्मुख आदिवासी जनजाति वनकरियाको जङ्गल बसाइको दिनचर्या झल्किने गरी खिचिएको फोटोबारे पत्रकार प्रताप […]