पहिचानसँगै रोजगारी र महिला अधिकारको खोजीमा (भिडियोसहित)

– नुमा मेचे, केन्द्रीय अध्यक्ष, मेचे महिला उत्थान संघ मेचे महिला उत्थान संघकी केन्द्रीय अध्यक्ष नुमा मेचे आफ्नो जातीय पहिचान र महिला अधिकार प्राप्तिका लागि क्रियाशील हुनुहुन्छ । झापा जिल्लाको हल्दीबारी गाउँपालिका वडा नं. ३ की बासिन्दा उहाँले यसअघि टोल विकासको क्षेत्रमा नेतृत्व पनि गर्नुभएको थियो । पहिले गरिबी र अभावमा रहेका भए पनि पछिल्लो […]

जहाँ महिलाको सुनुवाइ र कदर हुन्छ

नेपालका लोपोन्मुख १० जातिमध्येको एक कुसुन्डा जातिमा महिलाको सुनुवाइ र कदर हुँदै आएको बताइन्छ । कुसुन्डाहरू पहिले जङ्गलमै फिरन्ते जीवन बिताउँथे । विभिन्न जिल्लामा छरिएरै भए पनि अहिले सबै कुसुन्डाहरूको बसोबास गाउँमै रहेको पाइन्छ । राष्ट्रिय जनगणना २०७८ मा कुसुन्डा जातिको सङ्ख्या २५३ रहेको छ । जनगणनामा उल्लेख भए अनुसार, कुसुन्डा जातिको बसोबास दाङ, सल्यान, […]

वनकरिया बस्तीमा पुस्तकालय बनाउन पहल

करिब दुई दर्जन घरपरिवार रहेको वनकरिया बस्तीमा रहेको सामुदायिक भवनको कोठामा केही किताबलाई सङ्कलन गरेर राखिएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापका वनकरियाले आफ्नो बस्तीमा पुस्तकालय पनि बनाउने भनी केही समयदेखि किताब सङ्कलन गरेर राख्‍न थालेका हुन् ।

राउटे जातिमा परिवर्तनको सवाल र सङ्केत

दैलेखको राउटे बस्तीका लागि विगत पाँच वर्षदेखि निरन्तर खटिएका जोडी शिक्षक हुनुहुन्छ, दुर्गा खत्री र लालबहादुर खत्री । उहाँहरू दम्पती पनि हुनुहुन्छ । दुवै जना हरेक दिन राउटे बस्तीको छेउमै गएर अफिसको काम गर्नुहुन्छ । राउटे समुदायको दैनिक क्रियाकलाप, आनीबानी, सोच, समझ आदिका बारे जानकारी राख्नुहुन्छ । दुःखसुखलाई नजिकबाट अवलोकन गरी उहाँहरूले सक्दो सहयोग पनि […]

स्वरोजगार बन्न खोज्दैछन् हायु महिलाहरू (भिडियो सहित)

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि नेपालमा लोपोन्मुख जातिका केही महिलाहरू पनि जनप्रतिनिधि भए । २०७४ सालमा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा जमुना हायु जनप्रतिनिधि हुनुभएको थियो । उहाँ रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ मा रहेको वादी भन्ने ठाउँकी बासिन्दा हुनुहुन्छ । वडा नम्बर ८ मै नेपाली कांग्रेसकाे तर्फबाट उम्मेदवार भई वडा सदस्यमा […]

राउटी सार्ने तर्खरमा हतारिँदै राउटेहरू (फोटो फिचर)

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर ५ कागेतडामा अस्थायी बसोबास गरिरहेका राउटेहरू राउटी सर्ने तरखरमा भेटिए । उनीहरू २०८० पुस ४ गते बुधबार सोही वडाकै घरखेत भन्ने ठाउँमा राउटी सार्नका लागि मङ्गलबार तयारी गर्दै रहेका भेटिए । सोही साल कात्तिक ३० गतेदेखि कागेतडामा बस्दै आएका राउटेहरूले यसपाला मरिमराउ भएका कारण अर्को ठाउँमा राउटी सार्न खोजेका […]

कुसुन्डा महिला शिक्षामा अझै पछाडि छन्

– धनबहादुर कुसुन्डा, दाङ, (अध्यक्ष, नेपाल कुसुन्डा विकास समाज) पचास वर्षअघिको तुलनामा अहिले कुसुन्डा जातिको आधारभूत जीवनशैली फेरिएको छ । उनीहरूको बसोबास गाउँमा हुनथालेसँगै सामाजिकीकरण प्रक्रियामा नयाँपन आउन थाल्यो । पछिल्लो समय उनीहरूको जातीय पहिचान भने सङ्क्रमणको चपेटामा परेको अनुभव गर्न थालिएको छ । यो लोपोन्मुख जातिमा सूचीकृत हुन पुगेको छ ।

आफ्नो भाषा सिक्न उत्साहित छन् मेचे बालबालिका (भिडियो सहित) –सुनिता मेचे

मेचे जातिको बाहुल्य रहेको झापाको हल्दीबारीमा चार वर्षदेखि मेचे भाषाको पढाइ हुँदै आइरहेको छ । यहाँ मेचे समुदायको जनसङ्ख्या तीन हजारको हाराहारीमा छ । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को ऐनाबारीस्थित दीपेन्द्र प्राथमिक विद्यालयमा मेचे भाषाको अध्ययन अध्यापन हुने गरेको छ । भाषा पढाउने शिक्षक हुनुहुन्छ, सुनिता मेचे ।

आदिवासीका अधिकारबारे युवालाई बुझाउन जरुरी (भिडियो सहित) – ङिमी शेर्पा

ङिमी शेर्पा राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) को अध्यक्ष हुनुहुन्छ । अध्यक्ष हुनुअघि उहाँ शेर्पा महिला सङ्घको नेतृत्वकर्ताको रूपमा महासङ्घमा आबद्ध हुनुहुन्थ्यो । निफको स्थापना २०५५ साल वैशाख २ गते भएको थियो । ङिमीका अनुसार, यशोकान्ति भट्टचन (गौचन), स्टेला तामाङ, हेमा पुन, मीरा घले गुरुङ र चुन्दा बज्राचार्यको उपस्थितिमा लेखिएको पहिलो माइन्युट अनुसार आदिवासी […]