पहिचानसँगै रोजगारी र महिला अधिकारको खोजीमा (भिडियोसहित)

– नुमा मेचे, केन्द्रीय अध्यक्ष, मेचे महिला उत्थान संघ मेचे महिला उत्थान संघकी केन्द्रीय अध्यक्ष नुमा मेचे आफ्नो जातीय पहिचान र महिला अधिकार प्राप्तिका लागि क्रियाशील हुनुहुन्छ । झापा जिल्लाको हल्दीबारी गाउँपालिका वडा नं. ३ की बासिन्दा उहाँले यसअघि टोल विकासको क्षेत्रमा नेतृत्व पनि गर्नुभएको थियो । पहिले गरिबी र अभावमा रहेका भए पनि पछिल्लो […]

जहाँ महिलाको सुनुवाइ र कदर हुन्छ

नेपालका लोपोन्मुख १० जातिमध्येको एक कुसुन्डा जातिमा महिलाको सुनुवाइ र कदर हुँदै आएको बताइन्छ । कुसुन्डाहरू पहिले जङ्गलमै फिरन्ते जीवन बिताउँथे । विभिन्न जिल्लामा छरिएरै भए पनि अहिले सबै कुसुन्डाहरूको बसोबास गाउँमै रहेको पाइन्छ । राष्ट्रिय जनगणना २०७८ मा कुसुन्डा जातिको सङ्ख्या २५३ रहेको छ । जनगणनामा उल्लेख भए अनुसार, कुसुन्डा जातिको बसोबास दाङ, सल्यान, […]

वनकरिया बस्तीमा पुस्तकालय बनाउन पहल

करिब दुई दर्जन घरपरिवार रहेको वनकरिया बस्तीमा रहेको सामुदायिक भवनको कोठामा केही किताबलाई सङ्कलन गरेर राखिएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापका वनकरियाले आफ्नो बस्तीमा पुस्तकालय पनि बनाउने भनी केही समयदेखि किताब सङ्कलन गरेर राख्‍न थालेका हुन् ।