स्नातक तहमा दीक्षित हुँदाको रमाइलो सम्झना

‘फोटो कथा’ महिलाले सार्वजनिक क्षेत्रमा गरेका परिवर्तनका प्रयास, विभिन्न आन्दोलन र योगदानलाई ‘सन्धान’ वेब पोष्ट मार्फत प्रकाशन/प्रसारण गरिँदै आएको छ । यस क्रममा हामीले ऐतिहासिक महत्वका तस्बिरहरूलाई ‘फोटो कथा’ शृङ्खला अन्तर्गत सार्वजनिक गर्दै आएका छौँ । यस शृङ्खलामा आज अधिकारकर्मी यशो कान्ति भट्टचनबाट प्राप्त एउटा तस्बिरलाई लिइएको छ । यशो कान्ति भट्टचन नेपालको आदिवासी जनजाति […]
म नै हो ‘हेडसर’ (भिडियो सहित)

अप्सरा खड्का सिन्धुपाल्चोक जिल्लाको धुस्कुन आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुभएको १० वर्ष जति भयो । उहाँ सोही जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ की बासिन्दा पनि हुनुहुन्छ । प्रधानाध्यापक भइसकेपछि अप्सराले शैक्षिक क्षेत्रसँग जोडिएका गाउँ समाजका वास्तविकतालाई नजिकबाट नियाल्न र अनुभव गर्न पाउनुभयो ।
वनकरिया बस्तीमा पुस्तकालय बनाउन पहल

करिब दुई दर्जन घरपरिवार रहेको वनकरिया बस्तीमा रहेको सामुदायिक भवनको कोठामा केही किताबलाई सङ्कलन गरेर राखिएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापका वनकरियाले आफ्नो बस्तीमा पुस्तकालय पनि बनाउने भनी केही समयदेखि किताब सङ्कलन गरेर राख्न थालेका हुन् ।
बदलिँदै माझी महिलाको दैनिकी – विन्दा माझी

माझी जाति नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये एक हो । यो जाति ‘अति सीमान्तकृत’ समुदायमा पर्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार माझीहरूको जनसङ्ख्या एक लाख एक हजार ३५२ रहेको छ । माझी समुदायका मानिसको बसोबास नदीको छेउछाउमा रहेको पाइन्छ । उनीहरूको बसोबास खासगरी सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, तेह्रथुम, झापा, मोरङ, सुनसरी, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, […]
मेरो प्राथमिकता शिक्षा र स्वास्थ्य – स्यानी चौधरी (भिडियो सहित)

– स्यानी चौधरी, उपमेयर, तुलसीपुर उपमहानगर, दाङ
एसइई पार गर्दा समुदाय नै खुसी भयो –पम्फा वनकरिया (भिडियाेसहित)

सन्दर्भ : एसइई –३ / वनकरिया समुदाय विशेष माध्यमिक शिक्षा परीक्षा (एसइई) को २०७८ सालको परीक्षाफल हिजाे सार्वजनिक भएको छ । एसइई र उच्च शिक्षामा केही वर्षयता लोपोन्मुख जातिका बालबालिकाको उत्साहजनक सहभागिता देखिन थालेको छ । नेपालका १० लोपोन्मुख जातिहरूमध्ये एक वनकरियाका किशोरकिशोरीहरू पनि एसइई परीक्षामा सहभागी भई उत्तीर्ण भएका छन् । तिनैमध्ये पहिलो पात्र […]
आमा शिक्षाको महत्त्व !

विश्लेषण शिक्षाले मानिसको ज्ञान, बुद्धि र सिप वृद्धि गरी आनुवंशिक गुणलाई फस्टाउन मद्दत गर्छ । ‘शिक्षाबिना मानिस पशुसमान हुन्छ’ भन्ने बुझाइ छ । शिक्षाले मानिसको चेतना स्तरमा वृद्धि गरी उसको सोच निर्माणमा सघाउँछ । विगतमा पुरुषको तुलनामा महिलालाई शिक्षा प्राप्त गर्ने अवसर नहुँदा नारी शिक्षा निकै पछाडि रह्यो । आजभोलि शिक्षाको महत्त्व बुझी छोरा सरह […]
‘जीवन सार्थक भएको ठान्छु’ -कुमारीकमला राई

व्यक्तिवृत्त ‘गुरुआमा तपाईं धेरै राम्रो हुनुहुन्छ । सबैलाई समान रूपमा हेर्नुहुन्छ । तपाईंको शिष्य हुन पाएकोमा धेरै खुशी छु ।’ शिवान्सी पराजुलीले आफ्नी शिक्षक कुमारीकमला राईको फोटो सामाजिक सञ्जालमा राखेर माथिका शब्दमा उनीप्रति सम्मान प्रकट गरिन् । शिवान्सीले गुरुङ समुदायका महिलाले लगाउने पोशाक र गहना लगाएको कुमारीकमलाको फोटो राखेकी थिइन् । विद्यालयमा केही समयअघि तमु […]