जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष सिरहामा जन्मिनु भएकी डा. मञ्जुला गिरी समाजसेवी तथा पत्रकार हुनुहुन्छ । सन् १९७५ मा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको अन्तर्वार्ता गर्नुभएकी उहाँ २७ वर्षको उमेरमा वर्ल्ड प्रेस इन्स्ट्च्यिुटले दिने (डब्ल्यूपिआइ) फेलोसीप पाउनुभएको थियो । त्यति बेला उहाँ राष्ट्रिय समाचार समितिको एक मात्र महिला पत्रकार हुनुहुन्थ्यो ।