निष्ठापूर्वक काम गरे सफल भइँदो रहेछ

सन्धान संवाद शृङ्खला ४ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, मन्जु मलासी । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ७ स्थित डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका प्रमुख निर्वाचित हुनुभयो । २०७५ असोज २२ मा सुदूरपश्चिम प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका […]