हिंसाविरुद्ध अभियानको पुनरावलोकन जरुरी (भिडियो सहित)

– कमलाकुमारी पराजुली, अध्यक्ष, राष्ट्रिय महिला आयोग लैङ्गिक हिंसामध्ये नेपालमा सबैभन्दा धेरै घरेलु हिंसा हुने गर्दछ । आर्थिक वर्ष २०७९/८० (२०७९ साउनदेखि २०८० असारसम्म) मा मात्रै देशभर घरेलु हिंसाका १६ हजार ५१९ घटनाका मुद्दा नेपाल प्रहरीमा दर्ता भए । आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या १४ हजार २३२ थियो भने आर्थिक वर्ष २०७८/७९ मा १७ […]

घरमै महिला हिंसाको चट्याङ, सदरमुकाममा झिल्का

घरभित्रको हिंसाले जुम्लाका गाउँमा महिला र बालबालिकालाई घरै छाड्न विवश पारेको छ । नाबालिग सन्तानसहित अर्काको घरमा आश्रय लिँदै न्याय खोजिरहेका केही महिलाहरू सदरमुकाम खलङ्गामा भेटिन्छन् । उनीहरू निकालिएको घर खोज्दै गाउँ पस्दा थाहा हुन्छ, जुम्लाका गाउँमा अहिले पनि हिंसामुक्त घर भेट्टाउन गाह्रो छ । त्यसो त डेढ दशकयता देशमा व्यवस्था फेरिएर राजधानीदेखि गाउँका सबै […]

चालिस वर्षअघिदेखि श्रीमान्‌बाट निरन्तर यातना

उमेरले ६० टेक्न अब एक वर्ष मात्रै बाँकी छ । यो उमेरमा श्रीमान् विरुद्ध कसरी उजुरी गर्न जाऊँ ? अब नातिनातिनाको बिहे गर्ने बेला भएको छ । यस्तो उमेरमा मभन्दा छ महिना मात्रै जेठो मेरो श्रीमान् भनाउँदाले अर्को लिएर हिँडेका छन् रे भन्ने सुनेको छु । एक मनले त मलाई आनन्द भएको छ, उनी घरमा […]

पीडितले बयान फेरिसके तिमी पनि फेरिदेऊ !

बकपत्रको कथा जुम्लामा एक बालिका २०७९ बैशाखदेखि बलात्कृत हुँदै आएको घटना साउन २८ मा बाहिर आयो । जुम्ला बजारमा चिया पसल गर्दै आएकी एक महिलाको साढे दश वर्षीया छोरीलाई करणी गरिएको रहेछ । सात लाख रुपियाँ दिएर सो घटनालाई गुपचुपमा मिलाइएको रहेछ । गुपचुप राखिएका कुरा बिस्तारै बाहिर आए ।

श्रीमान्‌को यौन यातनाविरुद्ध उजुरी गर्दा झनै पीडादायी प्रश्न

वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन र जीवनभर टिकाउन आपसमा समानता र जीवनसाथीत्वको भावसहितको दोहोरो व्यवहार चाहिन्छ । त्यसमाथि जीवनसाथीको सवालमा यौनहिंसा अत्यन्त संवेदनशील विषय, अपारदर्शी घटना र महत्त्वपूर्ण मुद्दा हुन आउँछ । यसमा राज्यका जिम्मेवार निकायहरूबाट महिलामैत्री व्यवहारको अपेक्षा पनि गरिएको हुन्छ ।

‘ओछ्यान’ मै यौनहिंसाको यो रूप: आमाछोरी नै जोखिममा भएपछि उजुरी

जीवनसाथीबाट ‘ओछ्यान’ मै यौनहिंसा हुन सक्छ भन्ने तथ्य सार्वजनिक हुन धेरै गाह्रो छ । श्रीमान्‌बाट श्रीमती बढी प्रताडित भएका भेटिन्छन् । त्यसो त पितृसत्ताको बर्कोमा बेरिएको महिला मस्तिष्कले वैवाहिक जोडीबाट हुने गरेको यौनहिंसाको दर्दनाक भोगाइलाई लामो समयसम्म शयनकक्षबाट बाहिर ल्याउनै सकेन । छोरीलाई नै दुर्व्यवहार गर्न थालेपछि भने आमालाई असह्य हुन्छ । त्यसपछि बिहे भएदेखि […]

‘ओछ्यान’ मै यौनहिंसाको यो रूप : गर्भवती हुँदा पनि कुटपिट र गालीगलौज

जीवनसाथीबाट ‘ओछ्यान’ मै यौनहिंसा हुन सक्छ भन्ने तथ्य सार्वजनिक हुन धेरै गाह्रो छ । श्रीमान्‌बाट श्रीमती बढी प्रताडित भएका भेटिन्छन् । त्यसो त पितृसत्ताको बर्कोमा बेरिएको महिला मस्तिष्कले वैवाहिक जोडीबाट हुने गरेको यौनहिंसाको दर्दनाक भोगाइलाई लामो समयसम्म शयनकक्षबाट बाहिर ल्याउनै सकेन । असह्य भएपछि नजिकका व्यक्तिसँग यसो कुरा गरिहाले पनि श्रीमान्‌को यौन बर्बरतालाई सहेरै बस्नुपर्ने […]

“परिवर्तन गरे त हुने रहेछ नि”-टीका नगरकोटी, जुम्ला

tika-nagarkoti-featured-image

कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लाकी महिला अधिकारकर्मी हुनुहुन्छ, टीका नगरकोटी । करिब डेढ दशकदेखि सामाजिक परिवर्तन र महिला अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएकी नगरकोटी १०/१५ वर्षमा जुम्लाका महिलाहरू सशक्त भएको बताउनु हुन्छ । महिलाहरूले सधैँ कपाल छोपेर हिँड्नुपर्ने चलन हटेको छ, बजार गएर आफ्नो लागि आफैँ सामान किन्न पाउँछन्, होटेलमा चियाखाजा खान सक्छन् । जुम्लाका […]