गुणस्तर, जवाफदेहिता र पारदर्शिता बढाउन सफल

सन्धान रिपोर्ट शृङ्खला ५ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा जारी ‘नेपालको संविधान’ ले नेपाललाई सङ्घीय मुलुकमा परिणत गर्दै तीन तहका सरकारको व्यवस्था गर्यो । राज्य संरचनाको यही परिवर्तनसँगै राज्यका माथिल्ला निकायदेखि स्थानीय पालिकासम्ममा समावेशी सिद्धान्तका कारण नेपाली महिलाको सहभागिता […]
समुदायलाई सचेत बनाउँदै, सीमान्तकृतका प्रतिनिधि महिला

श्रीमाया चेपाङ, इस्मीता थामी र तारा माझी प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । उहाँहरू २०७९ सालको स्थानीय निर्वाचनमा अति सीमान्तकृत समूहमा पर्ने समुदायबाट वडा सदस्य निर्वाचित हुनुभएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार, चेपाङ समुदायको जनसङ्ख्या ८४ हजार ३६४ रहेको छ । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ की श्रीमाया चेपाङले आफ्नो वडाबाट सोही […]