ओझेलमै छन् आन्दोलनमा अपाङ्गता भएका महिलाहरू

अपाङ्गता भएका महिलाहरू नेपालको राजनीतिक र सामाजिक आन्दोलनहरूमा सङ्गठित र सचेत भएर सक्रिय रूपमा सहभागी भएको पाइन्छ । इतिहासलाई फर्केर हेर्दा अपाङ्गता भएका महिलाहरूले पनि युगान्तकारी राजनीतिक परिवर्तनहरूमा अग्रपङ्क्तिमा रहेरै योगदान पुर्‍याएको देखिन्छ । २०४६ सालको जनआन्दोलनदेखि २०६२–६३ हुँदै पछिल्ला आन्दोलन र अभियानहरूमा सुरुका दिनदेखि नै अपाङ्गता भएका महिलाहरूले सक्रिय रूपमा सङ्घर्षमा भाग लिए । […]

नेपालमा अटिजमको अवस्था र असर

किशोरी छोरीको भित्री वस्त्र हेरेर ‘अब तिमीले प्याड लगाउनुपर्छ’ भनेर सम्झाउँदै गरेकी आमा र जवान छोरालाई हस्तमैथुन गर्न हात समातेर सहयोग गरिरहेकी आमा ! कुुनै नाटक वा चलचित्रको दृश्य जस्तो लाग्ने यस्तो परिस्थितिको कल्पनासम्म पनि सामान्य अभिभावकले गर्न सक्दैन । तर, यस्ता घटना अटिजम भएका किशोर किशोरीका अभिभावकहरूको जीवनका अनिवार्य जिम्मेवारी बनेका छन् ।

म राष्ट्रिय अपाङ्ग महासंघको अध्यक्ष हुन सक्षम भइसकेको छु – रमा ढकाल (भिडियो सहित)

राष्ट्रिय अपाङ्ग महासंघको एक्काइसौँ साधारणसभा तथा नवौँ महाधिवेशन यही मङ्सिर १३ र १४ गते हुँदैछ । नेपालगन्जमा हुने महाधिवेशनमा लगभग आठसय जना प्रतिनिधिहरु सहभागी हुने महासंघले जनाएको छ । महाधिवेशनले महासंघको आगामी नेतृत्व चयन गर्नेछ ।

‘मनको दृष्टि र आत्मविश्वासले काम गर्न सकेको छु’ – सीता सुवेदी

झापाको दमकमा जन्मिनुभएकी ४२ वर्षीया सीता सुवेदी दुई दशकदेखि अपाङ्गता अधिकारकर्मी हुनुहुन्छ । स्कुल पढ्दादेखि नै उहाँको आँखाको दृष्टि कम हुँदै गयो । अहिले न्यून दृष्टियुक्त सुवेदी दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका, विशेष गरी दृष्टिविहीन महिलाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र अधिकारको वकालत गरिरहनुभएको छ । प्रस्तुत छ, सन्धानका तर्फबाट लक्ष्मी बस्नेतले गरेको कुराकानीका आधारमा […]