राजनीतिमा अपाङ्गता भएका महिलाहरूको पहुँच बढाउन माग (फोटो फिचर)

अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा अन्त्य गरौँ, समावेशी नेतृत्वलाई प्रोत्साहन गरौँ भन्ने नारासहित भृकुटीमण्डपबाट सुरु भएको यात्राको अग्रभागमा दृष्टिबिहिन, ह्विलचेयर चलाएका सहभागि अगाडीको भागमा रहनु भएको छ ।

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान तेत्तिसौँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानको आज पाँचौ दिन । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने यो अभियानको यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘टुवार्ड्स् थर्टी इयर्स अफ बेइजिङ डिक्लेरेसन एन्ड प्लाटफर्म फर एक्सन : युनाइट टु इन्ड भ्वाइलेन्स अगेन्स्ट विमिन’ (Towards 30 Years of the Beijing Declaration and Platform […]

मन भएर पनि गाह्रो भयो काम गर्न (भिडियाे कुराकानी)

रञ्जिता नेपाली कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा सदस्य हरियो ज्याकेट लगाए क्यामेरा तर्फ हेरिरहनु भएको छ । ब्यानर फोटोमा उहाँले भन्नु भएको कोट वडा सदस्यका जिम्मेवारीभित्र रहेका गाउँठाउँका समस्या समाधान गर्न हिँड्ने, नागरिकता नभएकाहरूका लागि नागरिकता बनाउन सहजीकरण गर्ने, सानातिना विवाद मिलाउनका लागि सहजीकरण गर्दै प्रहरी चौकीमा जाने जस्ता काम गर्दै आएको छु । भन्ने शब्द राखिएको छ ।

रञ्जिता नेपाली, वडा सदस्य कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा सदस्य हुनुहुन्छ, रञ्जिता नेपाली । बल्चौरस्थित वादी बस्तीकी बासिन्दा उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट ‘दलित महिला वडा सदस्य’ मा निर्वाचित हुनुभएको हो । राजनीतिबारे केही थाहै नपाई आफू वडा सदस्य भएको बताउने उहाँसँग सो पदमा निर्वाचित भएपछिका दिनचर्या केही […]

काठमाडौँमा सङ्घर्ष र सफलताको कथा

– शर्मिला विश्वकर्मा एक्काइस वर्षअघि २०६० सालमा पोखराबाट पहिलो पटक काठमाडौँ आएँ । मेरो लागि काठमाडौँ बिल्कुलै नयाँ थियो । साउने सङ्क्रान्तिको दिनमा म पहिलो चोटि काठमाडौँको भृकुटीमण्डपमा रहेको अपाङ्ग सहायता कोष (हालको राष्ट्रिय अपाङ्ग काेष) मा पुगेँ । काठमाडौँ बाहिरबाट आएका अपाङ्गता भएका महिलाहरू निरु विक, राधिका श्रेष्ठ, मलगायत पाँच जनालाई कोषमै बस्ने व्यवस्था […]

अपाङ्गतामैत्री भौतिक संरचना र सेवामा पहुँच

– टीका दाहाल पहुँच भन्नेबित्तिकै भौतिक पहुँच या राजनीतिक शक्तिको पहुँच भन्ने आमबुझाइ हुन सक्छ । धेरै पढेका व्यक्ति, शक्ति र पदमा बसेका व्यक्ति या सहरमा बसोबास गर्ने व्यक्ति, हिँड्डुल गर्न र प्रस्ट आवाज दिन सक्ने व्यक्तिको पहुँच सहज हुनु स्वाभाविक हो भन्ने पनि लाग्न सक्छ । अझ राजनीतिक रूपमा सचेत व्यक्तिले सबै ठाउँबाट सहज […]

नेपालमा अटिजमको अवस्था र असर

किशोरी छोरीको भित्री वस्त्र हेरेर ‘अब तिमीले प्याड लगाउनुपर्छ’ भनेर सम्झाउँदै गरेकी आमा र जवान छोरालाई हस्तमैथुन गर्न हात समातेर सहयोग गरिरहेकी आमा ! कुुनै नाटक वा चलचित्रको दृश्य जस्तो लाग्ने यस्तो परिस्थितिको कल्पनासम्म पनि सामान्य अभिभावकले गर्न सक्दैन । तर, यस्ता घटना अटिजम भएका किशोर किशोरीका अभिभावकहरूको जीवनका अनिवार्य जिम्मेवारी बनेका छन् ।

अपाङ्गता भएका महिलाहरूले प्रस्तुत गरे प्रतिभा (फोटो फिचर)

वि.सं. २०८० जेठ २० गते शनिवार । ललितपुर जिल्लाको सानेपास्थित हेरिटेज गार्डेनको हलमा त्यो दिन अलिक फरक कार्यक्रमको आयोजना भइरहेको थियो । कार्यक्रमको नाम थियो, ‘मिस एन्ड मिसेस् डिस्याबिलिटी क्विन–२०२३’ । यो फरक तर शारीरिक अपाङ्गता भएका देशभरका इच्छुक महिलाहरूले प्रतिभा प्रस्तुत गर्न सक्ने एउटा मञ्च थियो । ‘मिस एन्ड मिसेस् डिस्याबिलिटी क्विन’ को यो […]

बहुल पहिचानमा राज्यको समबुझाइ र समभाव हुनुपर्छ – प्रतिमा गुरुङ (भिडियो कुराकानी)

प्रतिमा गुरुङ अपाङ्गता भएका आदिवासी जनजाति महिलाहरूको अधिकारका लागि काम गर्नुहुन्छ । उहाँ राष्ट्रिय आदिवासी अपाङ्ग महिला सङ्घ नेपाल (निडवान नेपाल) को अध्यक्ष हुनाका साथै अपाङ्गता भएका आदिवासी जनजातिहरूको ग्लोबल नेटवर्कमा आबद्ध हुनुहुन्छ । उहाँले अपाङ्गता भएका महिलाहरूलाई घरपरिवार भित्रैबाट हुने हिंसा र विभेदसम्बन्धी अनुसन्धान गर्नुभएको छ ।