मर्यादित महिनावारीकी अभियन्ताको मनास्लु हिमाल आरोहण यात्रा (फोटो फिचर)

सगरमाथा आरोही संगीता रोकाया मर्यादित महिनावारी अभियानकी अभियन्ता पनि हुनुहुन्छ । उहाँले हालै मनास्लु हिमालको पनि सफल आरोहण गर्नुभयो । आठ हजार १६३ मिटर उचाइ रहेको यो हिमाल विश्वको आठौँ अग्लो हिमाल हो । संगीताका अनुसार, उहाँको टोलीले असोज ४ गते बिहान ५ बजेर २० मिनेटमा मनास्लु शिखर आरोहण गरेको हो ।

हिमाल र महिनावारी दुवै प्राकृतिक कुरा हुन् – संगीता रोकाया

बझाङको ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍साइपाल गाउँपालिका वडा नम्बर ४ धुली भन्ने ठाउँमा जन्मिएकी संगीता २०८० साल जेठ ३ गते दिउँसो सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभयो । २४ वर्षीया उहाँ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी पनि बन्नुभएको छ । एक महिनाअघि काठमाडौँको पुरानो बानेश्वरस्थित एक होटेलमा उहाँसँग कुराकानी गर्ने अवसर मिल्यो । डेढ घण्टाको औपचारिक र अनौपचारिक कुराकानीमा उहाँले […]

केही भएन महिनावारी नबार्दा (भिडियो सहित)

– गमता विक, प्रदेश सभा सदस्य, कर्णाली प्रदेश गमता विक कर्णाली प्रदेशको प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँको जन्म २०३० पुस १० गते दैलेख जिल्ला साबिकको साताला गाविस (हालको आठबीस नगरपालिका वडा नम्बर १) मा भएको थियो । उहाँले गरिबी र अशिक्षामै हुर्किन पर्‍यो । आर्थिक अभावकै कारण उहाँले पढ्न पाउनु भएन । २०४९ असारमा […]

आफैँबाट सुरु गर्नुपर्छ महिनावारी विभेदको अन्त्य (भिडियो)

सन्दर्भ : अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस (डिसेम्बर ८) महिलामाथि गरिने विभिन्न प्रकारका हिंसा र विभेदमध्ये महिनावारी विभेद पनि एक हो । महिनावारी महिलामा हुने एक प्राकृतिक प्रक्रिया हो । यो महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित मासिक चक्रमा चल्ने नियमित र अभिन्न अवस्था पनि हो । यस्तो हुनु स्वाभाविक भए पनि घरपरिवार र समाजले यसलाई धर्म र […]