दलित महिला वडा सदस्य : जीवनमा आएको परिवर्तन र जिम्मेवारीको बोध

नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि दलित महिलाहरूले मुलुकको शासन व्यवस्थामा सक्रिय सहभागिता जनाउने अवसर तथा अधिकार पाएका हुन् । २०७९ साल वैशाखमा भएको स्थानीय निकाय निर्वाचनबाट छ हजार ६२० दलित महिला वडा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ । संवैधानिक र कानुनी व्यवस्थाले गर्दा स्थानीय तहमा दलित महिलाहरूको उल्लेखनीय प्रतिनिधित्व हुनसकेको हो […]