कुसुन्डा महिला शिक्षामा अझै पछाडि छन्

– धनबहादुर कुसुन्डा, दाङ, (अध्यक्ष, नेपाल कुसुन्डा विकास समाज) पचास वर्षअघिको तुलनामा अहिले कुसुन्डा जातिको आधारभूत जीवनशैली फेरिएको छ । उनीहरूको बसोबास गाउँमा हुनथालेसँगै सामाजिकीकरण प्रक्रियामा नयाँपन आउन थाल्यो । पछिल्लो समय उनीहरूको जातीय पहिचान भने सङ्क्रमणको चपेटामा परेको अनुभव गर्न थालिएको छ । यो लोपोन्मुख जातिमा सूचीकृत हुन पुगेको छ ।