हामी राज्यका लागि ‘भार’ होइनौँ भत्ताभन्दा बढी कर तिर्न सक्छौँ (भिडियाे सहित)

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) की अध्यक्ष देवी आचार्य अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिको आन्दोलनमा सन् २००९ देखि क्रियाशील हुनुहुन्छ । याे ब्यानर फाेटाेमा उहाँ कालाे लुगा लगाएर ह्विल चेयरमा बसेर मुस्कुराइरहनु भएकाे तस्विर राखेर उहाँकाे काेटलाइ राखिएकाे छ । तस्विरकाे ब्याकग्राउण्ड हाते कागज राखिएकाे छ ।

सन्दर्भ : अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिसा) की अध्यक्ष देवी आचार्य अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिको आन्दोलनमा सन् २००९ देखि क्रियाशील हुनुहुन्छ । उहाँले अपाङ्गता भएको अवस्थाको जीवन भोग्दै आएको २० वर्ष पुग्यो । रूपन्देही जिल्ला बुटवलकी उहाँ २०६१ असोजमा नवलपरासीको कावासोतीमा जिप दुर्घटनामा पर्नुभयो । दुर्घटनामा उहाँको […]