‘मार्च २१’ ले अझै नछोएको मेरो जातीय मर्म !

हरेक वर्ष जस्तै यो वर्ष पनि मार्च २१ मा नेपालमा २४औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै छ । नेपालमा २०५७ साल अर्थात् सन् २००१ मा यो दिवस मनाउन थालिएको हो । ‘जातीय भेदभाव उन्मूलन’ गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । यसका पछाडि एउटा बलियो अन्तर्राष्ट्रिय आधार छ । ‘सबै किसिमका जातीय भेदभाव उन्मूलन अन्तर्राष्ट्रिय […]

सांसद हुँदा पनि दलित महसुस गरायो समाजले (भिडियो सहित) – चमेली देवी दास

मधेस प्रदेशको पूर्व सांसद हुनुहुन्छ, चमेली देवी दास । उहाँ जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत २०७४ देखि २०७९ सालसम्म सांसद हुनुभयो । धनुषाको आफ्नै गाउँ लक्ष्मीपुरमा दलित समुदायको अधिकारको कुरा उठाउँदै समुदायमा क्रियाशील चमेली २०६३ सालको मधेस आन्दोलनमा सहभागी हुनुभयो । त्यहीँबाट आफ्नो राजनीति सुरु भएको उहाँ बताउनुहुन्छ ।

सोचमा परिवर्तनसँगै मानवीय विकास जरुरी – सावित्रा घिमिरे

सावित्रा घिमिरे, कैलालीमा रहेको दलित महिला अधिकार मञ्चकी अध्यक्ष हुनुहुन्छ । उहाँले विभिन्न सङ्घसंस्था तथा सञ्जालहरूमा बसेर पनि काम गरिसक्नुभएको छ । उहाँले सानैमा जातीय विभेदको नमिठो अनुभव भोग्नुभएको थियो । त्यसले उहाँको मनमा असमानता र जातीय विभेदविरुद्ध काम गर्नुपर्छ भन्ने भाव सानैमा जगायो । भाव जगायो मात्र होइन, उहाँ दलित समुदायका साथै त्यसभित्र पनि […]

समानताको खोजीमा सङ्घर्षरत दलित महिलाहरू

नेपाली समाजमा बेलाबखत भएका दलित आन्दोलनहरूमा धेरै महिलाले सहभागिता जनाएका छन् । सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक मोर्चामा रहेर केहीले जातीय विभेदविरुद्ध भएका विभिन्न अभियान, सङ्घर्ष र आन्दोलनको नेतृत्व पनि गरेका छन् । समताको यात्रामा दलित महिलाहरूले आफूलाई सशक्त ढङ्गले उभ्याउँदै सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक रूपान्तरणमा योगदान पुर्‍याएका छन् । उनीहरूले गैरदलितसँग आफ्नो हक […]