दलित महिला वडा सदस्य : जीवनमा आएको परिवर्तन र जिम्मेवारीको बोध

नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि दलित महिलाहरूले मुलुकको शासन व्यवस्थामा सक्रिय सहभागिता जनाउने अवसर तथा अधिकार पाएका हुन् । २०७९ साल वैशाखमा भएको स्थानीय निकाय निर्वाचनबाट छ हजार ६२० दलित महिला वडा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ । संवैधानिक र कानुनी व्यवस्थाले गर्दा स्थानीय तहमा दलित महिलाहरूको उल्लेखनीय प्रतिनिधित्व हुनसकेको हो […]

अरूको अधिकारको कुरा गर्न सक्ने भएँ – कुमारी विक

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० की दलित महिला वडा सदस्य हुनुहुन्छ, कुमारी विक । ३८ वर्षीया कुमारी वडा सदस्य हुनु अघिसम्म घर गृहस्थीका काममै समय बिताउने गर्नुहुन्थ्यो । राजनीतिमा प्रवेश गरेपछि उहाँको दैनिकी बदलिएको छ । आत्मबल बढेको छ । अरू धेरै महिलाको दैनिकी बदलिनुपर्छ भनेर वकालत गर्ने पनि हुनुभएको छ । पहिले दुई […]