गणतन्त्रमा महिला अधिकार र अभिव्यक्तिको सुनुवाइ

नेपालमा अहिले गणतान्त्रिक संविधानको मर्म र महिला अधिकार कार्यान्वयनको अवस्थाका बिचमा दरार बढ्दै आएको छ । गणतन्त्रका सारथी, नीतिनिर्माता र न्यायिक नेतृत्वदेखि विभिन्न क्षेत्रमा लामो समयदेखि कार्यरत महिला अधिकारका पारखीसम्मका संज्ञान र अनुभवसिद्ध अभिव्यक्तिले यही कुराको सङ्केत गरेका छन् । मूलधारमा समेटिन बाँकी कतिपय महिलाको वास्तविक र विभेदित अवस्थाको अनुसन्धान र पहिचान गर्न नै पनि […]