सकुन्जेल स्वयंसेविका भइरहन पाए हुन्थ्यो जस्तो लाग्छ – कृष्णदेवी हायु (भिडियो सहित)

सन्दर्भ : अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस (डिसेम्बर ५) कृष्णदेवी हायु रामेछाप नगरपालिका वडा नम्बर ८ को महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ । रामेछाप जिल्लाकी उहाँ स्वयंसेविका हुनुभएको २७ वर्ष भयो । २०५२ सालमा गाउँमा महिला स्वास्थ्य स्वयंसेविका बन्न चाहने महिलाको खोजी भयो । इच्छुक कोही भेटिएनन् ।