परिवर्तन आफैँबाट सुरु गर्दै अघि बढेँ

मेरी माइली दिदी पूर्णा जोशी र मैले एकै वर्ष एसएलसी पास गर्‍यौँ। २०४४ सालमा तत्कालीन कैलपालमान्डु गाविसमा एसएलसी पास गर्ने छात्रा हामी दुई जना मात्र थियौँ । दुवै दिदीबहिनी पास भएको भन्ने जानकारी हुलाकबाट आएको चिठी हेरेपछि मात्र थाहा पाएका थियौँ । हुलाकबाट चिठी आउँथ्यो त्यति बेला । टेलिफोन सहज थिएन । सार्वजनिक टेलिफोन सेवा […]

सोचमा परिवर्तनसँगै मानवीय विकास जरुरी – सावित्रा घिमिरे

सावित्रा घिमिरे, कैलालीमा रहेको दलित महिला अधिकार मञ्चकी अध्यक्ष हुनुहुन्छ । उहाँले विभिन्न सङ्घसंस्था तथा सञ्जालहरूमा बसेर पनि काम गरिसक्नुभएको छ । उहाँले सानैमा जातीय विभेदको नमिठो अनुभव भोग्नुभएको थियो । त्यसले उहाँको मनमा असमानता र जातीय विभेदविरुद्ध काम गर्नुपर्छ भन्ने भाव सानैमा जगायो । भाव जगायो मात्र होइन, उहाँ दलित समुदायका साथै त्यसभित्र पनि […]

वन जोगाउन महिलाको भूमिका महत्त्वपूर्ण – भारती पाठक

भारती पाठक सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालको पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ । सामुदायिक वनको अभियानमा महिलाको सहभागिता, योगदान र नेतृत्व देखेर उहाँ सामुदायिक वनको अभियानमा लाग्नुभयो । मकवानपुरमा जन्मेकी उहाँ आफ्नो जिल्ला महिला तथा बालिका बेचबिखन प्रभावित भएका कारण विद्यार्थीकालदेखि नै महिला अधिकारका क्षेत्रमा काम गरेको स्मरण गर्नुहुन्छ ।

म त पहिलेदेखि नै महिला पुरुष दुवैले घरभित्रको काम गरेपछि मात्रै समानता आउँछ भन्थेँ – गणेशकुमारी भट्टराई (भिडियो सहित)

गणेशकुमारी भट्टराई नेपाली कांग्रेस र त्यसको भगिनी संस्था ‘नेपाल महिला संघ’ को पुरानो नेत्री हुनुहुन्छ । २०४६ सालको जनआन्दोलन सफल भएर देशमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएपछि नेपाल महिला संघको रामेछाप जिल्ला सभापति हुने पहिलो महिला उहाँ नै हुनुहुन्छ ।

परिवार धान्न नसकेपछि छोरीलाई कमलरी पठाउँथे – कौशिला चौधरी (भिडियो सहित)

नेपालमा कमलरी मुक्त घोषणा भएको ९ वर्ष पुगेको छ । २०७० साल असार १३ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले कमलरी मुक्तिको घोषणा गरेको थियो । घोषणा भएपछि करिब १३ हजार किशोरी तथा बालिका कमलरी प्रथाबाट मुक्त भए ।

अपमान पनि हिंसाको एउटा स्वरूप हो –अष्टलक्ष्मी शाक्य (अडियो सहित)

पार्टी राजनीतिमा अष्टलक्ष्मी शाक्य नेकपा एमालेका उपाध्यक्ष हुनुहुन्छ । २०१० सालमा जन्मिएकी उहाँ काठमाडौँको सम्पन्न नेवार परिवारकी छोरी हुनुहुन्छ । शिक्षादीक्षा लिन उहाँलाई कुनै अभाव र अप्ठ्यारो थिएन । २०२८ सालमा एसएलसी उत्तीर्ण गरेपछि उहाँले चिनियाँ भाषा पढ्न थाल्नुभयो । चिनियाँ भाषासँगै चीनको कम्युनिस्ट राजनीति, माओ त्से तुङ आदिका बारेमा पनि बुझ्नुभयो ।

हायुको पहिचान र महिला अधिकारका लागि काम गरिरहेको छु – कुमारी हायु (भिडियो सहित)

नेपालका १० लोपोन्मुख जातिमध्ये हायु एक हो । राष्ट्रिय जनगणना २०६८ मा हायु्हरूको जनसङ्ख्या दुई हजार ९२५ रहेको उल्लेख छ । उनीहरूको बसोबास सबैभन्दा बढी सिन्धुलीमा र त्यसपछि रामेछापमा रहेको पाइन्छ ।

इन्द्रमायाको सयवर्षे अनुभव : विश्वयुद्धमा सुत्केरी अवस्थामै खाडल खनेर बच्चासँगै लुकेँ (भिडियो कुराकानी)

ललितपुरको नख्खुस्थित घरको दोस्रो तला । कोठाका झ्यालबाट बिहान उदाएदेखि बेलुकी अस्ताएसम्मकै घाम ओछ्यानमा लागिरहन्छ । सुत्ने खाटको भित्तापट्टि ५/६ वटा बट्टा । तीमध्ये कुनैमा ल्वाङ, कुनैमा सुकुमेल छन् भने कुनैमा दालचिनी र पानमसला राखिएका छन् । सिरानीको छेउमै सानो घण्टी छ । केही परेर कसैलाई बोलाउनुपर्‍यो भने चाहिन्छ भनेर राखिएको घण्टी हो त्यो । […]