प्रयोग नहुने चेतका साथ पदीय भूमिकाको खोजी

ब्यानर फोटोमा सुदुर पश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको उपप्रमुख सुशीला मिश्र (भट्ट), बेलौरी नगरपालिकाको उपप्रमुख चित्रकुमारी चौधरी, कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका वडा नं. ३ वडा सदस्य पदमा सुनार र कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ३ की वडा सदस्य भागी देवी साउँदको तस्विर राखेर नेपालको नक्सा पनि राखिएको छ । जसमा सुदुर पश्चिम प्रदेशलाई चिनाउन रातो चिन्ह लगाइएको छ ।

सन्धान रिपोर्ट शृङ्खला १० कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा जारी ‘नेपालको संविधान’ ले नेपाललाई सङ्घीय मुलुकमा परिणत गर्दै तीन तहका सरकारको व्यवस्था गर्‍यो । राज्य संरचनाको यही परिवर्तनसँगै राज्यका माथिल्ला निकायदेखि स्थानीय पालिकासम्ममा समावेशी सिद्धान्तका कारण नेपाली महिलाको सहभागिता […]