चेपाङ महिलामा प्रजनन स्वास्थ्य ज्ञानको कमी

व्यास नगरपालिका–११ राम्चेकी १८ वर्षीया प्रीति चेपाङ तीन सन्तानकी आमा हुनुहुन्छ । १४ वर्षमै विवाह गरेकी उहाँ फेरि अर्को सन्तान जन्मन्छ कि जन्मँदैन भन्नेमा अनभिज्ञ देखिनुहुन्छ । प्रीति भन्नुहुन्छ, “तीन बच्चा पनि मेरो रहरमा जन्मिएका होइनन्, अब अर्को बच्चा के हुन्छ भन्ने पनि थाहा छैन ।”