सङ्घर्षबाट खारिएकी रमा वादी समाजसेवामा

यही २०८० साउनमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरस्थित वादी बस्तीमा सिमसिम पानी परिरहेको थियो । दिउँसोको समय थियो तर वादी बस्ती सुनसान देखिन्थ्यो । सोधखोज गर्दै रमा वादीको आँगनमा पुगेँ । घरबाहिर कोही नदेखेपछि ‘भित्र को हुनुहुन्छ ?’ भनेर बोलाएँ । एक जना महिला बाहिर निस्कनुभयो । उहाँलाई मैले ‘रमा दिदी हुनुहुन्छ […]

वादी महिलाको पहिचान र अधिकार आन्दोलन

वादी समुदायका महिलाले आफ्नो सम्मानजनक पहिचान र समान अधिकारका लागि पटक पटक सङ्घर्ष गरेका छन् । आधुनिक नेपालमा प्रजातन्त्र पुनर्वहाली भएयताका विभिन्न कालखण्डमा वादी महिलाले समाजमा अत्यन्तै विवादित, विभेदित र सीमान्तकृत भएर आफ्नो घरपरिवार चलाउनु र जीवन कटाउनुपरेको थियो । त्यसैको प्रतिरोधमा उनीहरूले विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गर्ने गरी आन्दोलन गरेर वादी समुदायकै लागि सम्मानजनक […]