बुझेकैले विभेद गर्दा झनै चिन्ता लाग्छ

– सरिना द्योला सरिना द्योला भक्तपुर नगरपालिका वडा नम्बर ५ को दलित महिला वडा सदस्य हुनुहुन्छ । आफूलाई नेवाः दलित समुदायको मान्ने उहाँ हाल स्थानीय तहमा दोस्रो कार्यकाल (२०७९–२०८४) का लागि पनि वडा सदस्य हुनुहुन्छ । पहिलो पटक दलित महिला वडा सदस्य पदमा चुनाव लडेर जितेकी उहाँ दोस्रो पटक निर्विरोध निर्वाचित हुनुभयो । बिजनेस स्टडिजमा […]
रोटी छोइदिएको निहुँमा सिलोटको चोट

दुई दशक अघिदेखि दलित महिलाको अधिकारका लागि क्रियाशील जानकी नेपालीले भूमिहीन दलित समुदायको अधिकारका पक्षमा पनि काम गर्दै आउनुभयो । बझाङ जिल्लाकै बासिन्दा उहाँले स्थानीय भूमिहीन दलितहरूले सुरक्षित आवासबाट वञ्चित भई सेती नदी किनारमा रहन बाध्य हुँदा झेल्नुपरेका चुनौती र जीविकोपार्जनलगायतका विषयमा विभिन्न ठाउँमा आवाज उठाइरहनु पनि भयो । यसरी सामाजिक अभियन्ताका रूपमा चिनिँदै आएकी […]
मलाई घरबाहिर चुनौती भए पनि घरमा धेरै सहज छ

दुलारी हरिजनले तह तहको विभेदका कारण समाजले दिने अनगिन्ती दुःख र पीडा भोग्दै आउनुभयो । एक त मधेसको, त्यसमाथि दलित समुदायको, त्यसमाथि पनि महिला हुनाको विभेदलाई उहाँले नजिकबाट देख्नु मात्र भएन, केही त आफैँले भोग्नु पनि भयो । स्कुले जीवनदेखि उच्चशिक्षित भएर नीतिनिर्माण तहमा पुगिसक्दा पनि बाल्यकालदेखि नै भोगेका छुवाछुत, भेदभाव, तिरस्कार जस्ता दुर्व्यवहारले कुनै […]
सहमति कार्यान्वयन गराउन पनि आन्दोलनै गर्नुपर्ने अवस्था

वादी समुदाय बर्सौँदेखि आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक रूपमा उत्पीडनमा परेको अल्पसङ्ख्यक समुदाय हो । शिल्पकला र साङ्गीतिक प्रतिभाले सम्पन्न वादीको इतिहासलाई नजरअन्दाज गर्दै ‘देहव्यापार’ गर्नेहरूको समुदायको रूपमा मात्र हेर्न र देखाउन खोजियो । प्रजातन्त्र प्राप्तिपछि पनि वादी महिलाहरू समाजमा अत्यन्तै विभेदित भए । वादीहरूले पनि सम्मानजनक पहिचान र समान अधिकारका लागि पटक पटक […]
वडाले चाहे हटाउन सक्छ छुवाछुतको व्यवहार

नेपालको संविधान र कानुनले जातका आधारमा हुने छुवाछुत र विभेदलाई दण्डनीय बनाए पनि समाजबाट छुवाछुत र विभेदको व्यवहार अझै हट्न सकेको छैन । यसबाट समग्रमा दलित समुदाय र त्यसमा पनि सो समुदायका महिलाहरू बढी मारमा परिरहेका छन् । दलित महिलाहरू अनेक प्रकारका विभेदको खातले थिचिएका छन् । यस खालको विभेदलाई धनुषा जिल्ला, जनकपुर नगरपालिकाकी पूर्व […]
विभेदका नयाँ नयाँ स्वरूपसँग जुध्दै

नेपालमा २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ मनाउने गरिएको छ । छुवाछुतमुक्त राष्ट्र घोषणा भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । पुनर्स्थापित प्रतिनिधि सभामा प्रस्तुत ‘छुवाछुत र भेदभाव मुक्त राष्ट्र नेपाल घोषणा गरियोस्’ भनी राखिएको सार्वजनिक महत्त्वको प्रस्ताव २०६३ जेठ २१ गते पारित भएको थियो । […]
‘मार्च २१’ ले अझै नछोएको मेरो जातीय मर्म !

हरेक वर्ष जस्तै यो वर्ष पनि मार्च २१ मा नेपालमा २४औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै छ । नेपालमा २०५७ साल अर्थात् सन् २००१ मा यो दिवस मनाउन थालिएको हो । ‘जातीय भेदभाव उन्मूलन’ गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । यसका पछाडि एउटा बलियो अन्तर्राष्ट्रिय आधार छ । ‘सबै किसिमका जातीय भेदभाव उन्मूलन अन्तर्राष्ट्रिय […]
जे मैले भोगेँ !

के तिमी सोच्न सक्छौ ?कति डरलाग्दो हुन्छ,आफैँलाई थाहा पाउनु ?
सांसद हुँदा पनि दलित महसुस गरायो समाजले (भिडियो सहित) – चमेली देवी दास

मधेस प्रदेशको पूर्व सांसद हुनुहुन्छ, चमेली देवी दास । उहाँ जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत २०७४ देखि २०७९ सालसम्म सांसद हुनुभयो । धनुषाको आफ्नै गाउँ लक्ष्मीपुरमा दलित समुदायको अधिकारको कुरा उठाउँदै समुदायमा क्रियाशील चमेली २०६३ सालको मधेस आन्दोलनमा सहभागी हुनुभयो । त्यहीँबाट आफ्नो राजनीति सुरु भएको उहाँ बताउनुहुन्छ ।