‘महिला आन्दोलनको सहखोजी’ मा सहकार्यात्मक विमर्श

पुस्तक विमोचन ‘महिला आन्दोलनको सहखोजी’ पुस्तक सन्धान शृङ्खला सङ्ग्रह १ को रूपमा प्रकाशित छ । यसले ज्ञान निर्माणमा महिलाको पहुँचदेखि जीवनभोगाइसम्मलाई ध्यानमा राखेर महिला इतिहासको खोजी र लेखनका विधि र पद्धतिलाई इतिहास पत्रकारितासँग पनि जोड्ने प्रयास गरेको छ ।