‘महिला आन्दोलनको सहखोजी’ मा सहकार्यात्मक विमर्श

पुस्तक विमोचन ‘महिला आन्दोलनको सहखोजी’ पुस्तक सन्धान शृङ्खला सङ्ग्रह १ को रूपमा प्रकाशित छ । यसले ज्ञान निर्माणमा महिलाको पहुँचदेखि जीवनभोगाइसम्मलाई ध्यानमा राखेर महिला इतिहासको खोजी र लेखनका विधि र पद्धतिलाई इतिहास पत्रकारितासँग पनि जोड्ने प्रयास गरेको छ ।

बर्माबाट आएर नेपालमा बिताएका सङ्घर्षपूर्ण दिनहरू –इन्द्रमाया पौडेल

बर्माबाट लामो र कठिन यात्रा पार गरी हामी २०२६ सालमा मोरङको कल्याणपुर गाउँमा आइपुग्यौँ । मेरा छोराछोरीसहित हामी आठ जना र पिताजीका तीन जना (पिताजीको अर्की श्रीमती र उहाँका दुई सन्तान) समेत हामी ११ जना थियौँ । केही सिप सिकेको थिएन, खेतीकिसानीको काम केही जानेको थिएन । केन्द्रबहादुर नामका व्यक्तिको एउटा रित्तो घर रहेछ, त्यही […]