पीडितकै मनोभावमा सहिदका परिवार (भिडियोसहित)

पिस्कर काण्डमा सहिद हुनु भएका वीरबहादुर थामी र इली थामीको परिवारका सदस्य र नातेदार गरेर ८ जनाको तस्बिर राखिएको छ । उक्त तस्बिरको पृष्ठभूमिमा पिस्कर काण्ड भएको महादेव मन्दिर क्षेत्र र सहिदको स्तम्भ रहेको छ । ब्यानर तस्बिरमा पिस्कर काण्ड, महिला शृङ्खला २ सहिद परिवारको अवस्था हेरिदिए हुन्थ्यो भन्ने राखिएको छ ।

पिस्कर काण्डमा महिला शृङ्खला २ पछिल्लो पुस्ताका थामीहरू, जसले ‘पिस्कर काण्ड’ मा परिवारका अग्रज सदस्य गुमाएर सहिद परिवार र आफन्त हुन पुगे, तिनले चार दशकसम्म पनि आफूलाई पीडित र प्रभावित व्यक्तिका रूपमै पाए । त्यही भावमा आफूलाई उभ्याए । तत्काल केही रकम र राहत दिइएको भनिए पनि सहिद परिवारको लागि दीर्घकालीन सोचले खासै केही व्यवस्था […]