वन जोगाउन महिलाको भूमिका महत्त्वपूर्ण – भारती पाठक

भारती पाठक सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालको पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ । सामुदायिक वनको अभियानमा महिलाको सहभागिता, योगदान र नेतृत्व देखेर उहाँ सामुदायिक वनको अभियानमा लाग्नुभयो । मकवानपुरमा जन्मेकी उहाँ आफ्नो जिल्ला महिला तथा बालिका बेचबिखन प्रभावित भएका कारण विद्यार्थीकालदेखि नै महिला अधिकारका क्षेत्रमा काम गरेको स्मरण गर्नुहुन्छ ।