इन्द्रजात्राको अन्तिम दिनमा महिलाले यसरी ताने रथ (फोटोफिचर)

काठमाडौंमा सप्ताहव्यापी रुपमा मनाइने इन्द्रजात्रा महिलाले रथयात्रा गरेका छन् । इन्द्रोत्सवको आठौँ तथा अन्तिम दिन हिजो (बुधबार) महिलाहरुकै नेतृत्व र सहभागितामा रथ तान्ने (नानीचा याः) मनाइएको हो । रथयात्रामा कुमारीको रथ तान्नका लागि तीन सय जना, भैरव र गणेश रथयात्राका लागि एक एकसय गरी जम्मा पाँचसय महिलाहरुले रथयात्रा निकालेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ । […]