वनकरिया बस्तीमा पुस्तकालय बनाउन पहल

करिब दुई दर्जन घरपरिवार रहेको वनकरिया बस्तीमा रहेको सामुदायिक भवनको कोठामा केही किताबलाई सङ्कलन गरेर राखिएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापका वनकरियाले आफ्नो बस्तीमा पुस्तकालय पनि बनाउने भनी केही समयदेखि किताब सङ्कलन गरेर राख्‍न थालेका हुन् ।

वनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’

संसारमा इतिहास बलियाको मात्र लेख्ने गरियो । हेपिएका, पछाडि पारिएका, कमजोर र पराजित भएकाहरूको इतिहास खोज्न र लेख्न बाँकी छ । पछाडि पारिएका सबै जातजाति र समुदायको उत्पत्ति, विकास र जीवन पद्धतिका बारेमा यथोचित खोजतलास र विधिवत् अनुसन्धान गर्नै बाँकी छ । उनीहरूलाई बलिया जाति एवं शासकहरूले नै दपेटेर लोपोन्मुख पार्दै लोप बनाउने गर्छन् ।

बिहे गर्दिएको भन्ने थाहा पाइनँ, भोलिपल्टै भागेर आमा भएको ठाउँमा आएँ (भिडियो सहित)

मकवानपुरको हाँडीखोला गाउँपालिका वडा नम्बर ४ स्थित लोपोन्मुख वनकरिया समुदायका मानिसहरू अझै पनि स्थायी बसोबासका लागि लडाइँ गरिरहेका छन् । करिब दुई दशकअघि जङ्गलको फिरन्ते जीवनशैली त्यागेर एकै स्थानमा बसोबास गर्न सुरु गरेका यी वनकरियाहरूले अझै पनि स्थायी बसोबास गर्न पाएका छैनन् । सरकारले स्थायी बसोबासको बन्दोबस्त मिलाइदिए हुन्थ्यो भन्ने आशा उनीहरूको छ ।

वनकरिया समुदाय आफ्नो खुट्टामा उभिने भएको छ– प्रताप विष्ट

हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘फोटो कथा’ शृङ्खला प्रकाशन गर्दै आएका छौँ । यो शृङ्खलाको उद्देश्य सकारात्मक परिवर्तनका लागि महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूका योगदानलाई सार्वजनिक गर्नु हो । यस कार्यमा पुरुषहरूको सहभागितालाई पनि स्थान दिइन्छ । यस शृङ्खलाअन्तर्गत आज जङ्गलमा बस्दै आएका लोपोन्मुख आदिवासी जनजाति वनकरियाको जङ्गल बसाइको दिनचर्या झल्किने गरी खिचिएको फोटोबारे पत्रकार प्रताप […]

एसइई पार गर्दा समुदाय नै खुसी भयो –पम्फा वनकरिया (भिडियाेसहित)

सन्दर्भ : एसइई –३ / वनकरिया समुदाय विशेष माध्यमिक शिक्षा परीक्षा (एसइई) को २०७८ सालको परीक्षाफल हिजाे सार्वजनिक भएको छ । एसइई र उच्च शिक्षामा केही वर्षयता लोपोन्मुख जातिका बालबालिकाको उत्साहजनक सहभागिता देखिन थालेको छ । नेपालका १० लोपोन्मुख जातिहरूमध्ये एक वनकरियाका किशोरकिशोरीहरू पनि एसइई परीक्षामा सहभागी भई उत्तीर्ण भएका छन् । तिनैमध्ये पहिलो पात्र […]