मन भएर पनि गाह्रो भयो काम गर्न (भिडियाे कुराकानी)

रञ्जिता नेपाली कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा सदस्य हरियो ज्याकेट लगाए क्यामेरा तर्फ हेरिरहनु भएको छ । ब्यानर फोटोमा उहाँले भन्नु भएको कोट वडा सदस्यका जिम्मेवारीभित्र रहेका गाउँठाउँका समस्या समाधान गर्न हिँड्ने, नागरिकता नभएकाहरूका लागि नागरिकता बनाउन सहजीकरण गर्ने, सानातिना विवाद मिलाउनका लागि सहजीकरण गर्दै प्रहरी चौकीमा जाने जस्ता काम गर्दै आएको छु । भन्ने शब्द राखिएको छ ।

रञ्जिता नेपाली, वडा सदस्य कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा सदस्य हुनुहुन्छ, रञ्जिता नेपाली । बल्चौरस्थित वादी बस्तीकी बासिन्दा उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट ‘दलित महिला वडा सदस्य’ मा निर्वाचित हुनुभएको हो । राजनीतिबारे केही थाहै नपाई आफू वडा सदस्य भएको बताउने उहाँसँग सो पदमा निर्वाचित भएपछिका दिनचर्या केही […]

सङ्घर्षबाट खारिएकी रमा वादी समाजसेवामा

यही २०८० साउनमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरस्थित वादी बस्तीमा सिमसिम पानी परिरहेको थियो । दिउँसोको समय थियो तर वादी बस्ती सुनसान देखिन्थ्यो । सोधखोज गर्दै रमा वादीको आँगनमा पुगेँ । घरबाहिर कोही नदेखेपछि ‘भित्र को हुनुहुन्छ ?’ भनेर बोलाएँ । एक जना महिला बाहिर निस्कनुभयो । उहाँलाई मैले ‘रमा दिदी हुनुहुन्छ […]