जानियो, बुझियो र सकेसम्म राम्रै गरियो

सन्धान रिपोर्ट शृङ्खला ३ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा दलले मनोनयनपत्र पेस गर्दा अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी गर्नुपर्ने र गाउँपालिका वा नगरपालिकाको वडा समितिमा एक जना दलित […]
रोटी छोइदिएको निहुँमा सिलोटको चोट

दुई दशक अघिदेखि दलित महिलाको अधिकारका लागि क्रियाशील जानकी नेपालीले भूमिहीन दलित समुदायको अधिकारका पक्षमा पनि काम गर्दै आउनुभयो । बझाङ जिल्लाकै बासिन्दा उहाँले स्थानीय भूमिहीन दलितहरूले सुरक्षित आवासबाट वञ्चित भई सेती नदी किनारमा रहन बाध्य हुँदा झेल्नुपरेका चुनौती र जीविकोपार्जनलगायतका विषयमा विभिन्न ठाउँमा आवाज उठाइरहनु पनि भयो । यसरी सामाजिक अभियन्ताका रूपमा चिनिँदै आएकी […]